पर्यावरण प्रहरी अभियान अन्तर्गतको दोस्रो हप्ता

समाचार
Spread the love

पर्यावरण प्रहरी अभियान अन्तर्गत दोस्रो हप्ताको प्लास्टिकजन्य फोहोर सरसफाइ कार्यक्रम भिङ्ग्रेली चोक देखि पुर्वतर्फ ज्योतीपुञ्ज स्कुल सम्म सरसफाइ गरिएको छ । प्लास्टिकजन्य फोहोरको अबस्था बिरक्तलाग्दो रहेको तथ्य ‘पर्यावरण प्रहरी’का अगुवा बिपिन आचार्य बताउछन । प्लास्टिकजन्य फोहोर नियन्त्रण गर्न यसको स्रोतमै लगाम लगाउनुपर्ने र सबै नागरिक यस तर्फ जागरुक हुनुपर्ने उनको तर्क छ । उनी थप लेख्छन -” ९५% प्लास्टिकजन्य सामान त्यस्ता छन जसको प्रयोग नगर्दा हाम्रो दिनचर्या रोकिदैन, हामीलाई कुनै आर्थिक क्षती, स्वास्थ सम्बन्धि क्षती वा ब्यक्तिगत बृत्ती बिकासमा अबरोध पुग्दैन । बरु प्रयोग गर्दा उल्टै घाटा हुने पो देखिन्छ । तर पनि हामी बेलगाम प्लास्टिक प्रयोग गर्छौं । स्वास्थ्य त बिगार्छौँ नै धर्ती र पर्यावरण पनि बिगार्छौँ । गाई काटिदा उर्लिने हाम्रो धार्मिक आस्था आफ्नै देवता (भु-देवता, जल देवता र वायु देवता ) माथी यस्तो अत्याचार हुँदा चुपचाप हुन्छ । चेतना छैन भनुँ भने बिद्यालयका पाठक्रममा सरसफाइ पढाइएकै छ । सबैका हातमा स्मार्ट फोन छ । यो फोन भित्र सारा ब्रह्माण्ड छ । टोल समुदायमा बिदेशका समृद्द शहर नपुगेका मान्छे बिरैलै छन । यो फोहोरि आचरण देख्दा तथ्यांकमा उल्लेखित हाम्रो साक्षरता दरले आफै लाज मान्दो हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *