दाङ,२२ मंसिर ।
दाङमा खाना पकाउने क्रममा आगोले जलेर एक जना घाइते भएका छन । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ बम्नैका ६९ बर्षिय दुर्पता जैशी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचनद्र मल्लले जानकारी दिनुभयो ।
शुक्रबार बेलीकी करिब ६ बजेको समयमा बम्नै मा रहेको आफ्नै घरको छतमा खाना पकाउने क्रममा आफैले लगाएको धोतीबाट आगो सल्किदा आगोले छात्ति र खुट्टा जलेर घाईते भएको प्रबक्ता मल्लले जानकारी दिनुभयो।
घाइते जैशीलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारकोलागी भेरी अस्पताल नेपालगन्ज रिफर गरीएको प्रहरीले जनाएको छ ।