सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ

समाचार
Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय सङ्गीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्ने क्रममा सङ्गीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औँठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीकोलागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।

श्रोत : प्रभु न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *