‘पर्यावरण प्रहरी’ अभियानका पैरवीकर्ता विपिन आचार्य, समीर वली र साथमा जनार्दन आचार्यको अगुवाईमा आज जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय अगाडिको करिव ५० मिटरको सडक किनाराबाट प्लास्टिकजन्य फोहोर सङ्कलन गरिएको छ ।
‘पर्यावरण प्रहरी’ अभियान पहिलो चरणमा प्लास्टिकजन्य फोहोरको व्यवस्थापनको विविध आयामबारे सतहमै काम गर्दै जागरुकता फैलाउने तर्फ केन्द्रित हुने मुख्य पैरवीकर्ता विपिन आचार्यले बताउनु भयो ।