जाजरकोटको रामीडाडा केन्द्रबिन्दु बनाइ आएको ६.४ रेक्टर स्केलको बिनाशकारी भुकम्पले सानीभेरी गाउँपालिका रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको हुँदा सहयोग गर्न चाहने इच्छुक दाताहरुले यस QR मार्फत रकम जम्मा गर्न सकिने व्यहोरा यस कार्यालयका लेखापाल दिनेश ओलीले जानकारी दिनु भएको छ । यस गाउँपालिकाका अध्यक्ष श्री विर्ख बहादुर विष्टले पालिकामा अझै पनि थुप्रै सामाग्री जिन्सी ,खाद्यान्न लगायतका सामाग्री आवश्यक परेको हुदा सहयोग गर्नुहुन अपिल गर्नुभएको । राहत सामग्री वितरण व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत श्री दिपक बुढाथोकीलाई ९८५७८२४२५३ वा सूचना प्रविधि शाखा प्रमुख अर्जुन न्यौपाने सँग ९८५७८३४२२४ मा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी दिनु भएको छ ।