रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा बेश्याबृत्तीमा लगाउने पक्राउ

समाचार
Spread the love

काठमाण्डौ ।

काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.९ रातोपुल स्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरमा काम गर्ने युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्युरोबाट खटीएको टोलीले नाबालीका सहीत ३ जना युवतीहरुलाई उद्दार गर्नुको साथै मिति २०८० मंसीर १० गतेका दिन उक्त स्पा का सञ्चालक दिनेश पौडेललाई पक्राउ गरि काठमाण्डौ जिल्ला अदालतबाट दिन ०५ (पाँच) म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवस्यक अनुसन्धान गरि रहेको छ । उद्दार भएका युवतीहरु मध्ये २ जना नाबालीका रहेको खुल्न आएको छ । आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीहरुलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने र उक्त युवतीहरुलाई पुरुषहरु संग अश्लिल क्रियाकलाप गरेको फोटोभिडीयो आफु संग सुरक्षीत रहेको र भने अनुसार नगरेमा/नमानेमा सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाईदिने भनी डर त्रासमा पारेर मसाजका साथै शारिरीक सम्पर्क राख्न दवाव दिने गरेको पाइएको छ ।

पक्राउ परेका अभियुक्त-

जिल्ला संखुवासभा मत्स्य पोखरी गा.बि.स. वडा नं०-२ परिवर्तीत चिचिला गाउँपालीका वडा नं ०१ स्थायी वतन भएको वर्ष बस्ने ४३ को दिनेश पौडेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *