लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लि चौधरी अमेरिका प्रस्थान

राजनीति समाचार
Spread the love

दाङ, १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धन बहादुर मास्कीलाई दिइएको छ ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कार्यक्रममा सहभागि हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यो अबधीसम्मको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रबक्ता धर्मा अर्यालले बताए ।

मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागि हुने अमेरिका जान लाग्नु भएको हो । यसैगरेर प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल पनि अमेरिका गएका छन । मन्त्री खनालसंगै केही दिन अघि प्रदेश सभा सदस्य प्रचण्ड न्यौपाने गुन्टु पनि अमेरिका पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *