घोराही, कार्तिक १७ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ क को प्रदेश उप सभापतिमा घोराही रतनपुर निबासी प्राध्यापक लक्ष्मण बुढाथोकी निर्बिरोध चयन भएका छन । आज कांग्रेस दाङको घोराहीस्थित पार्टी कार्यालयमा भएको प्रदेश भेलाले बुढाथोकीलाई निर्बीरोध उप सभापतिमा चयन गरेको कांग्रेसका जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदिले जानकारी दिए । बुढाथोकि लामो समयदेखि शैक्षिक पेशामा कृयासिल रहेका थिए । गएको प्रदेश सभा सदस्यको चुनाबमा कांग्रेसको उप सभापती एमालेमा प्रबेश गरेपछि सो ठाउँ रिक्त रहदै आएको थियो । आफुलाइ निर्बीरोध प्रदेश उप सभापतिमा चयन गरेकोमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक लगायत सबैमा धन्यवाद दिदै आउदा दिनमा सबैको सल्लाह लिएर अघि बढ्ने बताए । त्यस्तै दाङ क्षेत्र नम्बर २ ख को प्रदेश सचिबमा प्रल्हाद देबकोटा निर्बिरोध चयन भएका छन । त्यस्तै कांग्रेसको महाधिबेशन प्रतिनिधिमा सर्बसम्मत हुन सकेको छैन । आकाङ्क्षि धेरै भएकाले टुङ्गाे लाग्न नसकेको कांग्रेस दाङले जनाएको छ ।