शाकाहार – केही बारम्बार सोधिने प्रश्नहरु

शिक्षा
Spread the love
  • के शाकाहार हुनु भनेको पुर्णतः अहिंस्रक हुनु हो ?

अहँ होइन । हिंसाका अनेक रुप हुन्छन । एक शाकाहारी ब्यक्ती पनि हिंसाका अरु बिधामा सामेल भएको हुन पनि सक्छ । तर शाकाहार हुनु भनेको हिंसाका अनेक आयाम मध्य एक आयाम बाट मुक्त हुनु हो ।

  • मलाई मासु असाध्यै मन पर्छ म छोड्न सक्दिन ।

अहँ । नछोड्नुस तर भोजनमा मासुको परिमाण बिस्तारै कम गर्न भने प्रयास गर्न सक्नुहुन्छ । मासुको न्यून खपत पनि पर्याबरण रक्षार्थ एक योगदान हो ।

  • म प्रत्यक्ष रुपमा पशु बध गर्दिन । तर म मासु खान्छु । के पशु बध गर्नु र मासु खानु दुबै समान भार (Weight) का हिंसा हुन ?

आधारभुत रुपमा दुबै समान हिंसा हुन । मासु खानु भनेको मासुको माग सर्जक (Demand creater) हुनु हो । त्यही माग पूरा गर्नकै लागि मासु पसलेले पशु बध गर्छ । यसर्थ मासु खानु र त्यसको लागि पशु बध गर्नु दुबै समान भारका हिंसा हुन ।

  • आम्म्म्म्म्म्म्मामा…. अनि मासु नखाए पोषण चै कहाँ बाट पाउने ?

पोषणको श्रोत मासुमात्र हो भन्ने भ्रमबाट निस्कन यसबारे केही अध्ययन गर्न जाँगर चलाउने । पाककलामा केही नयाँ नयाँ प्रयोग गरिरहने । उदाहरणको लागि ‘सोयाबिन’ एक सस्तो, प्रशस्त प्रोटिन भएको तर हेपिएको तिहुन हो । तर अलिकती जागर गरेर यसको परिस्कृत पाककलामा ध्यान दिनुभयो भने बडो स्वादिलो पो हुन्छ त ।

  • हिंसा त प्रकृतिकै एक चक्र हैन र ? एक प्राणिले अर्को प्राणिलाई आहार बनाउने शृङ्खला त आदिकाल देखि चली आएको हैन र ?

अबस्य हो । मानव चेतनाको बिस्तार नहुदै, भोजनको बिबिधता उपलब्ध नहुदा , ढुंङ्गे युग, सिकार युगमा आत्म रक्षार्थ पशुभोजन चलेकै हो । तर मानीस ‘चेतनशिल प्राणी’ को रुपमा बिकशित भैसकेपछी र कृषि र भोजनका बिबिधता उपलब्ध भैसकेपछी पनि त्यो ‘चेतनशील प्राणि’ आफ्नो चेतना प्रदर्शन नगर्नु चै अत्यन्तै दुखद पक्ष हो ।

  • बनस्पती हत्या पनि हिंसा नै हैन र ? त्यसमा पनि प्राण त छ नि ? अनि किरा फट्याङ्रा, कमिला, सागपातमा भेटिने सूक्ष्म जीव पनि प्राणी नै हुन । के यी सबैको हत्या बिना नै हाम्रो दैनिक जिबनयापन सहज हुन सक्छ ?

मुलत यी दुई प्रश्न अतिरन्जित प्रश्न हुन । बनस्पतिमा मस्तिष्क र चेतना हुँदैन । यसले पीडा अनुभव गर्न सक्दैन । योजनाबद्ध रुपमा भोजनकै लागि गरिने प्राणिहत्या र आकस्मिक रुपमा हुने, सचेत हुँदाहुँदै पनि आफ्नो नियन्त्रणमा नरहने प्राणिहत्या बिचको भेद छुट्याउन त तपाइँ पनि सक्नुहुन्छ है ।

  • शाकाहारी अभियन्ताको आसय के राज्यले नै कानुन द्वारा वा बलपुर्बक मांशाहार नियन्त्रण गर्नुपर्छ भन्ने हो ?

नाइँ नाइँ नाइँ । बिल्कुल हैन । कुनैपनी लोकतान्त्रिक समाजमा बयक्तिक स्वतन्त्राको स्थान सधै उच्च हुन्छ । अझ भोजन जस्तो बिशुद्ध ब्यक्तिगत रोजाइको बिसयमा बल प्रयोग वा कानुनले बर्जित गर्ने कुरा कल्पना बाहिरको कुरा हो । यसर्थ शाकाहारी अभियन्ताको मुल आशय जागरुकता फैलाउने नै हो ।

  • नेपाल जस्तो देशमा शाकाहारको अभियानलाई ढाडस दिने थप उपाए के हुन सक्छ ?

प्रथमतः शाकाहार किन भन्ने प्रश्न आउँछ । हरेक ब्यक्ती शाकाहार हुनुका फरक फरक उत्प्रेरक तत्व हुन सक्छन । प्रेम, करुणा,स्नेह, स्वास्थ समस्या, धार्मिक पन्थ (जस्तो कि कृष्ण प्रणामी) को आबद्धता, पर्याबरण रक्षा आदि हुन सक्छन । जल, वायु,भुमि, प्रकाश यी सबैलाई देवता मान्ने र प्रत्येक ग्रन्थ, प्रबचनहरुमा प्रेम, करुणाको वकालत गर्ने हिन्दु समुदायमा शाकाहारको प्रबर्दन गर्न यस्ता धार्मिक अगुवाहरुको अग्रणी भुमिका हुनुपर्ने हो । तर हाम्रै धार्मिक स्थल, शुभकार्य, कुलपुजा आदिमा हुने बलिप्रथाले भने निराश बनाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *