सामान्यतया बिद्यार्थी भन्नाले बिद्या आर्जन गर्ने ब्याक्ती भनेर चिनिन्छ । नेपालमा शिक्षालाई सामान्यत्या १-१०, +२ , ब्याचलर र मास्टर गरि चार ग्रुपमा बिभाजन गरिएको छ । करिव ३७२,६३७ बिद्यार्थी +२ मा भर्ना भएको तथ्यांक नेपाल सरकार सङ्ग छ । तर बिडम्बना करिव १०-१५ % बिद्यार्थी पढाईका लागि अस्ट्रेलिया , युके , अमेरिका, क्यानडा, जापान तथा युरोप तिर जाने गरेका छन। यो तथ्यांक अझै बढ्ने प्रक्षेपण गरिएको छ । स्थिति कहाँ सम्म आइ पुगेको छ भने ब्याचलर पढाई हुने क्याम्पसहरु बन्द हुने अबस्थामा पुगिसकेका छन । यस प्रती न त त्रिभुवन बिश्वबिद्धालयले ध्यान दिएको छ नत अरु कुनै बिश्वबिद्धालयले ध्यान दिएका छन । उनीहरु बिद्यार्थीको समस्या समाधान भन्दा पनि पदिय भागबन्डा मिलाउन ठिक्क छ । हाल त्रिविमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । त्रिविले नौवटा अध्ययन संस्थान÷संकाय र चार अनुसन्धान केन्द्रका माध्यमबाट अनुसन्धान र अध्ययनका गतिविधि सञ्चालन गरिँदै आएको जनाएको छ । तथापि, राजनीतिक हस्तक्षेप, पदाधिकारी, प्राध्यापकको मनोमानी, भागबन्डा, विद्यार्थीको तालाबन्दी/आन्दोलन, शैक्षिक अव्यवस्था, जीर्ण भौतिक संरचना र स्रोतसाधनको दुरुपयोगले त्रिविको छवि दिन–प्रतिदिन धमिलिँदै गएको छ । यसैकारण बर्सेनि लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि भनेर बिदेसिने गरेका छन् । यसको रोकथामका लागि त्रिविले आवश्यक कदम चाल्नुपर्ने समय आएको छ । धेरै बिद्यार्थी त यहि समस्याले गर्दा बिचैमा पढाई छोडेर बिदेश जाने गरेका छन । स्वम म आफै पढ्ने कलेजमा अहिलेको अबस्थामा प्रथम सेमेस्टरमा पुरै कोटा पूरा भए पनि दोस्रो तेस्रो सेमेस्टरमा बिद्यार्थी करिव १५% घटेको देखिन्छ । देशमा यस्तो अबस्था आइ सक्यो कि अब त प्रत्येक बिद्यार्थीको सपना बाहिर देश नै हुने गरेको छ । देशको स्थितिले गर्दा बिद्यार्थीमा नकारात्मक बाहेक कुनै सकारात्मक भावना नै छैन । अहिले नेपालमा बस्ने बिद्यार्थीलाई एक असफल र हारेको योद्धाको रुपमा हेरिने गरिएको छ ।
अमेरिका , क्यानडा , युके तथा हाम्रो छिमेकी भारतले बिद्यार्थी लाई सानो सुरुवाती ब्यापारको लागि सहुलियत दरको ब्याजमा लोन दिने गरिएको छ । तर नेपालमा चुनावी नारा त बनाइन्छ तर अहिलेसम्म कार्यनयन भएको छैन । अरु देशमा बिद्यार्थीलाई ल्यापटप पढ्नको लागि दिइन्छ तर बिडम्वना हाम्रो देशमा शिक्षामा पनि कर लगाइन्छ । अरु देशमा बिद्यार्थीलाई घर भाडा , बिधुत , पानी , ग्यास र खानेकुरामा छुट दिइन्छ तर हाम्रो देशमा यी कुरा त सपना मात्र हो । यी सबै बाहिर देशमा पाइने हुदा बिधार्थीलाई नेपालमा रोक्न सक्ने तागत न त सरकार सङ्ग छ न त कलेज र अविभावक सङ्गै न छ । त्यसकारण सरकार , बिश्वबिद्धालय र कलेज संचालकले यसप्रति ध्यान दिनुपर्ने देखिन्छ ।
अब बिद्यार्थीलाई नेपालमा बस्ने बाताबरण गराउन आवश्यक देखिन्छ । सर्वप्रथम नेपाल सरकारले सबै बिश्वबिद्धालयमा अहिले बिश्वमा चलिरहेको कोर्स लागू गर्नु पर्छ । हामी अहिलेसम्म सन २००४ मा बनाइएको कोर्स पढ्न परिरहेको छ । अब शिक्षकले पनि पढाउने शैली परिवर्तन गर्नुपर्ने देखिन्छ । सरकारले विद्यार्थीका लागि घर भाडा , विद्युत, पानी र यातायातमा छुट दिने ब्यबस्थापन गर्नु पर्छ । जतिसुकै कुरा गरे पनि ब्याक्ती आर्थिक अबस्था राम्रो नहुदा सम्म सफल हुन सक्दैन त्यसकारण सरकार देखि बिश्वबिद्धालयसम्मले विद्यार्थीलाई आर्थिक अबस्थामा अधि बढाउनु पर्छ ।
पक्कै पनि अहिले भने विभिन्न बिद्यार्थी संघसंगठनको दबाबमा अहिले चाहिँ दाङमा यातायात क्षेत्रमा बिद्यार्थीलाई ४५% छुट दिने निर्णय जिल्ला प्रशासनमा बिद्यार्थी संघसंगठन, यातायात व्यावसायिहरु , स्वतन्त्र बिद्यार्थी युनियनका सभापतिहरुको बैठक बाट गरिएको छ । अब म स्वयं स्वतन्त्र बिद्यार्थी युनियनको सभापति पदमा आसिन छु र शैक्षिक सुधार तिर मेरो पनि ध्यानाकर्षण हुन जरुरी छ । अब विद्यार्थीका लागि समयमा पाठ्यसामग्री , घर भाडामा छुट, यातायातमा छुट , विद्युत पानीमा छुट हुन आवश्यक छ ।