राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रुकुमका युवकले गरे महिलाको घाटी रेटेर हत्या

समाचार
Spread the love

तुलसीपुर, १ कात्तिक ।  रुकुम पश्चिमको एक होटेलमा मृत फेला परेकी महिलाको हत्या भएको खुलेको छ । हत्या आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–९ सिम्लीका ३३ बर्षिय लोकबहादुर बिकलाई पक्राउ गरेको छ । बहुविवाह मुद्धामा थुनामा रहेका उनी यही असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतीले कैद मिनाहा गरिदिएपछी छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभएको छ । उनले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

मृतकको घाँटि रेटेर हत्या गरेको देखिएको छ । मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या गरिएको देखिएको हो । प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु र प्रतिवादीको घरबाट नगद ८५ हजार ८३५ रुपियाँ समेत बरामद गरेको छ । आईतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध लेखेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्विकृति लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *