कार्तिक,१३ । वर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले रक्तसंचार सेवा संचालनमा ल्याएको छ । बारबर्दिया नगर अस्पतालले सिकलसेल बिरामीको उपचारलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सारुले प्रस्तावित बर्दिया सिकलसेल अस्पतालमा मानब संसाधन, औषधि उपकरण तथा आर्थिक स्रोतको सुनिश्चित गर्दै सिकलसेल डेडिकेटेड अस्पतालको रुपमा बिस्तार संचालनका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयाे ।लुम्बिनी प्रदेश सरकारको सहयोगमा बारबर्दिया नगर अस्पतालले मंगलवार देखि विधिवत रुपमा रक्तसंचार सेवा संचालनमा ल्याएको हो ।
बारबर्दिया नगरपालिकाले आज भन्दा ४ बर्ष अगाडी सिकलसेल र थालेसेमिया रोगका बिरामीहरुको उपचारका लागि करोडौं लागतमा तीन तले सिकलसेल अस्पतालको भवन निर्माण गरेको थियो । सिकलसेल अस्पतालका लागि भवन निर्माण भएको ४ बर्ष बितिसक्दा समेत उक्त भवनबाट सिकलसेलका विरामीहरुलाई सेवा प्रवाह गर्न सकिएको छैन् । प्रदेश सरकारले अस्पताल सञ्चालनको लागि गृहकार्य गर्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्री सारुले बारबर्दिया नगर अस्पताल र प्रस्तावित सिकलसेल अस्पतालकाे निरिक्षण गर्नु भएको थियाे ।