१० कार्तिक, दाङ ।
आज बिहान दाङ्गको तुलसीपुर नजिकै जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा गाडी चालक दंगिशरण ४ बैबाङका २२ वर्षिया हिरामणी बुढामगर र कपुरकोट ६ का १९ वर्षिया सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा आज बिहान करिब साढे ३ बजे दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।जिपमा ५ जना यात्रु सवार रहेको र बाँकी तीन जना पनि अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको छ । दुर्घटनामा परी घाइते हुनेमा सल्यान कपुरकोट ६ बस्ने ३१ बर्ष कि देवा वली, उहाँको छोरा १३ बर्षको महेश वली र १० वर्षिया जिवन वली रहेको प्रहरीले जनाकारी दिएको छ । घाइते सबैको अवस्था गम्भिर रहेकोले तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा रिफर गरिएको थापाले बताउनुभयो।