दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निमित्त डिनको जिम्मेवारी प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. रमेश कडेलले प्राप्त गरेका छन । यसअघि प्रतिष्ठानको डिन रहेका डा. सागर पन्थि अध्ययनको शिलशिलामा बिदेश जाने भएपछि पदबाट राजिनामा दिए लगत्तै रिक्त रहेको डिन पदमा निमित्त डिनको जिम्मेवारी डा. कडेलले प्राप्त गरेका हुन । प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछानेले बिहिबार पत्र दिएर उनलाई नियुक्त गरेका छन । डा. कडेल यसअघि निमित्त अस्पताल निर्देशक भएर काम गरि सकेका छन । साथै डा. कडेल जेष्ठ नागरिक रोग विशेषज्ञ हुन ।