दाङ । घोराही ७ सौडियार स्थित माबि सौडियारमा कक्षा ८,९,१० का बिद्यार्थीहरुलाई आफ्नै अभिभाबक, पढाउने शिक्षकहरुलाई संगै राखेर बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि र सहायक प्रधानाध्यापक दामोदर पाण्डेले आफ्नै सकृयतामा छलफल सुरुवात गरेर बिद्यालयको शैक्षिक सुधारको अभियान अघि बढाउनु भएको छ । अर्को शैक्षिक शत्रमा बिद्यार्थी संख्या ह्वात्तै बढाउने गरि यो अभियान सन्चालन गरिएको बिद्यालयका शिक्षक हिरालाल न्यौपानेले बताउनु भयो ।