दाङ । नेकपा एमाले निकट निर्माण ब्यबसायीहरुको संगठन नेपाल उद्योग परिषदद्वारा पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । परिषदका नब निर्बाचित केन्द्रिय अध्यक्ष बलिभद्र राना मगरलाई एमाले महासचिब शंकर पोख्रेलले माला, टिका लगाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । पोख्रेलले निर्माण ब्यबसायिको सरकारले भुक्तानी गर्ने पैसा छिटो भन्दा छिटो गर्ने बताउदै अपुरा योजनाहरुलाई निर्माण ब्यबसायिहरुले यथाशक्य चाडो सम्पन्न गरेर बिकास निर्माणको कामलाई गती दिन आग्रह गर्नु भयो ।