बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइतेको धौलागिरी अस्पतालमा थप उपचार भै रहेको छ।
मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा परेर दुई जना महिला र एक जना पुरुषको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिनु भयो। मृतक मध्य एक जना रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको नायव उपरीक्षक यादवले मेरो दाङ एच.डि.लाई बताउनु भएको छ।
दुर्घटना भएको समय भने खुल्न सकेको छैन। आज बिहान घाँस काट्न जाने बेला दुदीलाभाटीका प्रेम बहादुर कार्कीले दुर्घटना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।