दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सन्चालनको लागि आबश्यक तयारी पुरा गरेको प्रतिष्ठानलाई पहिलोबर्ष ५० सिट सुनिश्चित गरेको हो । ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिनु भयो । प्रतिष्ठानको बिकासमा एमबिबिएस पढाई महत्वपुर्ण कोसेढुङ्गा साबित हुने बताउनु भयो । एमबिबिएस पढाइ सन्चालनका निमित्त सहयोग गर्ने सबैलाई लम्सालले धन्यवाद दिनु भएको छ । `एमबिबिएस पढाइ सन्चालन गर्ने कुरा धेरै महत्वपुर्ण कुरा हो, दाङसहित सिङ्गाे प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ-उहाँले भन्नुभयो । प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सि र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन चालु अबस्थामा रहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिनु भएको थियो । एमाले महासचिव शंकर पोख्रेलले पनि एमबिबिएस पठनपाठन सन्चालन गर्न आफ्नो तर्फबाट पहलकदमि लिनु भएको थियो । महासचिव पोख्रेलकै अगुवाईमा प्रधानमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, मन्त्रालयका सचिब र चिकित्साशिक्षा आयोगका उपाध्यक्षसहित पदाधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्सालसहितको सहभागितामा बैठक बसेको थियो ।
प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएपछि काम तिब्ररुपमा अघि बढेको थियो ।
श्रोत : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पेस विभाग