विकास माग्दै शंकर पोखरेलको नेतृत्वमा दाङका नेता र सांसद बालुवाटारमा, प्रधानमन्त्री ओलीको जवाफ- टरीगाउँ विमानस्थल स्तरोन्नति हुन्छ

अर्थ/वाणिज्य राजनीति समाचार
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिनिधिमण्डलले विमानस्थलसहित जिल्लाको समग्र विकासबारे ध्यानाकर्षण गराएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही (घोराही) तुलसीपुर सडक विस्तारको काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसद तथा कांग्रेस केन्द्रिय सदस्य दीपक गिरी र मेनका पोखरेल, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *