युवा बैज्ञानिक बिजयलाई जीवन ज्योति माविले गर्‍यो २३ हजार सहयोग

Uncategorized अर्थ/वाणिज्य खेलकुद/मनोरन्जन शिक्षा समाचार
Spread the love

सल्यानका युवा वैज्ञानिकको नामले परिचित बिजय राना मगरले गर्न खोजेको प्रोजेक्ट “एअर डुङ्गा” लाई सफलता पुर्व सम्पन्न गर्न रकम अपुग भए पछि उनी यति बेला स्कुल स्कुलमा सहयोग माग्दै हिडेका छन । प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम सल्यानले श्रावण महिनाको दोस्रो अन्तिम दिनको अतिथि कक्षाको लागि अतिथिको रुपमा बिजय राना मगरलाई निमन्त्रणा गरेको थियो। उक्त क्लासमा आफ्ना बालापन, पढाई, अनुभव तथा आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुले उनका अनुभुतिहरु हाँसी हाँसी चाख लिँदै सुनेका थिए । उनको योजना अत्यन्तै रुचाए पछि उनको डुङ्गा चलाउने सपनालाई साकार पार्न विद्यार्थी तथा शिक्षक स्टाफहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका थिए । जसमध्ये विद्यार्थीहरुले ८,१८५, शिक्षक स्टाफहरुले १०,२९०, विद्यालयले २,५५० तथा अन्य बाट २,००५ गरि जम्मा २३,०३० सहयोग रकम विद्यालयले हस्ताण्तरण गरेको जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम, सल्यानका सहायक प्रधानाध्यापक  भिमसेन वि.एम. ले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *