घोराही १ भाद्र – घोराही १८ मा अवस्थित माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमका बीच शनिबार स्वागत गरेका छन् ।
सोही विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुको आयोजनामा घोराहीस्थित सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश लम्सालले गर्नुभएको थियो । कक्षा १२ मा अध्यनरत विद्यार्थी सुलभ अधिकारीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एकल र संयुक्त गरी करिब तीन दर्जन प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
कक्षा १२ का विद्यार्थीहरु उमंग चन्दले कक्षा ११ मा नबा आगन्तुक विद्यार्थीहरु र उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।
विभिन्न विद्यालयबाट सर्वोत्कृष्ट हुँदै माउन्ट भ्यु लाई आफ्नो शैक्षिक गन्तव्य बनाएका विद्यार्थीहरुले आफ्नो अनुभव पनि बताएका थिए । कक्षा ११ की संरचना घर्ती मगरले माउन्ट भ्यु दाङको उत्कृष्ट शैक्षिक गन्तव्य भएकोले आफूले कुनै संकोच बिना माउन्ट भ्यु रोजेको बताइन् । त्यसैगरी अर्को वक्ताको रुपमा बोल्दै कक्षा ११ का शशांक पोख्रेलले माउन्ट भ्यु आफ्नो रोजाइको विद्यालय भएकाले विद्यालयमा पढ्न पाउनुमा आफूलाई गर्व लागेको बताए । कक्षा १० को वार्षिक परीक्षामा देशैभरमा सर्वोत्कृष्ट ४ जिपिए ल्याएर माउन्ट भ्यु मै कक्षा ११ मा विज्ञान संकाय रोजेकी आयुष्मा घिमिरेले दाङको शैक्षिक विकासमा भरपर्दो शैक्षिक संस्थाको रुपमा आफूले माउन्ट भ्यू लाई लिने गरेको बताइन् ।
विद्यार्थीहरु करिश्मा खनाल र मोहम्मद अबिवले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्नुहुँदै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि रमेश लम्साल र व्यवस्थापन संयोजक धनिराम न्यौपानेले धेरै विद्यालयहरुको भीडमा माउन्ट भ्यु लाई रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै माला र खादाले स्वागत गर्नुभएको शिक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।