गुरुकुल एकेडेमीमा टिटि तथा चेस प्रतियोगिता सम्पन्न 

शिक्षा समाचार
Spread the love

घोराही २६ श्रावण 
गुरुकुल एकेडेमी घोराही , लमहि र तुलसिपुरको टेवल टेनिस र चेस प्रतियोगिता सम्पन्न भएको छ । आज गुरुकुल एकेडेमी घोराहीमा एक कार्यक्रम गरे प्रतियोगिता सम्पन्न गरीएको हो । पहिलो चरणमा अन्तर विद्यालय प्रतियोगिता गरी उक्त प्रतियोगिताबाट प्रथम ,दृतिय , तृतिय विद्यार्थिहरुलाई समावेश गरी गुरुकुल एकेडेमी घोराही , तुलसिपुर र लमहि विच अन्तिम प्रतिष्पर्धा भएको प्रतियोगिता ब्यबस्थापक तथा गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भुगोल कवर मगरले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रको तर्फबाट डवल टेवल टेनिसमा गुरुकुल एकेडेमी घोराहीबाट सद्गुन थापा र कृतज्ञ अधिकारी प्रथम हुभएको हो भने सिंगलमा प्रक्षित खड्का प्रथम हुनुभएको हो । यस्तै छात्रा तर्फ निसा भण्डारी घोराहीबाट प्रथम स्थान हासिल गर्नुभएको हो । यसैगरी छात्र तर्फ चेस खेल प्रतियोगितामा सोहम खनाल घोराहीबाट प्रथम हुनुभएको थियो भने छात्रा तर्फ स्वस्तिका पौडेल प्रथम हुनुभएको हो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीबाट १२ जना तुलसिपुरबाट ५ जना र लमहिबाट ७ जना गरी जम्मा २४ जना सहभागि भएका थिय । प्रतियोतिामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थिहरुलाई प्रमाण पत्रले सम्मान गरीएको थियो । प्रतियोगिताको औपचारीक कार्यक्रममा मन्तब्य राख्दै गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी तथा लमहिका प्रधानाध्यापक सुरज खनालले खेलकुद शारीरिक तथा मानसिक रुपमा निकै फाइदा रहेको र खेलकुदमा पनि भविष्य बनाएका बिभिन्न ब्यक्तिहरुको परीचय आफुहरुले सुनेको बताउदै बिद्यालयले विद्यार्थिहरुको लागि खेल खेल्ने प्ल्याटफर्म निर्मान गरीदिएको बताउनुभयो । साथै उँहाहरुले नियमित रुपमा खेलको बिकास गर्न सके पक्कैपनि सफलता मिल्ने बताउनुभयो । यसै बिच प्लस टु ब्यबस्थापन संकायका संयोजक राजन अधिकारीले शुभकामना मन्तब्य रानुभएको थियो । कार्यक्रम सम्बन्धि जानकारी गुरुकुल एकेडेमी घोराहीका इसिए संयोजब विशालमान श्रेष्ठले दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कक्षा ९ का छात्र आर्यन अधिकारीले गर्नुभएको थियो । कार्यक्रम नियमित तालिका अनुसार सम्पन्न गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *