घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा सरकार गम्भीर भएन– नागरिक समाज दाङ

अर्थ/वाणिज्य समाचार
Spread the love

घोराही । नागरिक समाज दाङको सोमबार घोराहीमा बसेको बैठकले घोराही–तुलसीपुर सडक निर्माण गर्ने नाममा धराप बनाइ छोडिएिका कारण सडक दुर्घटनाबाट दर्जनौं मानिसको ज्यान जाँदा पनि सडक निर्माणमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पहिले गएको ठेक्का रद्द भइसक्दा पनि नयाँ ठेक्का नगएकोमा चिन्ता व्यक्त गर्दै यथाशीघ्र नक्सा डिजाइजन र लागतको काम सम्पन्न गरी पुनः सडक निर्माणको काम सुचारु गर्न आग्रह गरेको छ ।

बैठकले संस्कृत विश्वविद्यालयमा भएको विवाद समाधान गर्न विश्वविद्यालय ऐन २०४३ अनुसार उपकुलपतिबाट अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरी स्थायी समाधान निकाल्न आग्रह गरेको छ ।

यसैगरी केही सामुदायिक तथा संस्थागत विद्यालयमा लागूपदार्थको दुव्र्यसन बढिरहेको भन्ने समाचार प्रकाशन÷प्रसारण भएको भन्दै सरोकारवाला निकायले अनुगमनको व्यवस्था गरी लागूपदार्थ सेवनलाई पूर्णरुपमा निषेध गर्ने कार्यका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

२०८० को एसइइ परीक्षामा संस्थागत विद्यालयका तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएकाले सरोकारवालाहरुबीच अन्तक्र्रिया गरी शिक्षालाई नतिजामुखी बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकले हालै त्रिशुली नदीमा बस खस्दा दिवंगत हुनुभएका नागरिकको चिरशान्तिको कामना गर्दै बसको खोजी कार्यलाई जारी राख्न आग्रह गरेको छ ।

बैठकले घोराही–१७ का थम्मन अधिकारी र गणेश विक तथा वडा नं १५ का भरतमणि पाण्डेयलाई नागरिक समाज दाङको साधारण सदस्यता दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *