घोराही, ३१ जेठ। ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा आज घोराही १० नारायणपुरका १५ जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिकलसेल प्रभावित यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत १५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको हो ।
संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै छात्रबृत्ति लिनुभएकी अस्मीता चौधरीले, आफुहरुको शिक्षाको लागि संस्थाले गरेको सहयोगका लागि संस्थालाई हृदयदेखी नै धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका एच.बि.थापाले छात्रबृत्तिले बिद्यार्थीहरुको शैक्षिकस्तरमा प्रोत्साहन मिलोस्, बिद्यार्थीहरुको पढ्ने लगनशिलता सँगै भबिष्य सुनिश्चीत होस् भनेरै संस्थाले बालबालिकाहरुको शिक्षामा लगानी गरेको बताउदै बालबालिकाहरुलाई लगनशिलताका साथ अध्ययन गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देष्यले स्थापना भएको यस संस्थाले स्वास्थ्यका क्षेत्रमा स्थापनाकाल देखी नै काम गर्दै आएको बताउनुभयो ।
साथै २०८० साल अषाढको महिनामा घोराही १० नारायणपुरमा ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा सिकलसेलको क्याम्प राखेको थियो उक्त क्याम्पमा ४१२ जनाको स्किीनिङ टेस्ट गरिएकोमा ४१ जना सिकलसेल प्रभावित भेटिएका थिए । उनै प्रभावितहरु मध्ये १५जना बालबालिकाहरुलाई आज छात्रबृत्ति बितरण गरिएको हो भने अन्यलाई सिलाईकटाई, ब्युटीपार्लर, तरकारी खेती तालिम र पशु तथा स्रोतको उचित ब्यस्थापन तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष आसमानी चौधरीले बताउनुभएको थियो ।छात्रबृत्ति कार्यक्रममा कापी , ड्रेस, कलम पेन्सिल, जमेट्री बक्स, ब्याग, क्यालकुलेटर प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गर्नुभएको थियो ।