घोराही, जेठ ३ । लुम्वीनी प्रदेशमै अत्याधुनिम भिडियो एक्सरे (युएसजि)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरीएको छ । लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । विहिवार एक कार्यक्रमका विच प्रदेशका स्वास्थ्यमन्त्रि दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल मेसिन हस्तान्तरण गर्नु भएको छ । मन्त्रि पुनले नै मेसिनको रिवन काटेर उद्घाटन गर्नु भएको थियो । मन्त्रि पुनले अस्पतालको ओपिडि, इमरजेन्सी, सर्जरी लगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गर्नु भएको थियो । अवलोकनपछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा वोल्दै मन्त्रि पुनले प्रदेश सरकारकोतर्फवाट सुविधा सम्पन्न भिडियो एक्सरे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र विरामिमैत्री बनाउन आग्रह गर्नु भयो । प्रतिष्ठान प्रदेशकै गौरवको आयोजना भएको भन्दै उहाँले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा दाङलाई हव बनाउन सबैले सहयोग गर्नुपर्ने उहाले बताउनु भयो । यो प्रदेशमा सरकारी मेडिकल कलेजकारुपमा प्रतिष्ठान रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सबैखाले सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । उहाँल््े प्रतिष्ठानले एमडि पढाई सुुरु गरीसकेको र एमविविएसको पढाई पनि सुरु गर्ने गरी आफ्नोतर्फवाट तयारी तिव्र पारेकाले यसमा पनि प्रदेश सरकारले ल्याव बनाउनेदेखी पुर्वाधारमा केन्द्र सरकारसंग पनि समन्वय गर्ने कुरामा आस्वस्त पार्नु भयो । त्यस्तै मन्त्रि पुनले एमविविएसको आवश्यक तयारीको लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवनलाई प्रयोगमा ल्याउन मन्त्रिस्तरीय निर्णय पनि गरीएको जानकारी दिनु भयो । जनस्वास्थ्य र प्रतिष्ठानको आपसी समझदारीमा भवनको प्रयोग गर्ने गरी ब्यवस्था मिलाईएको उल्लेख गर्दै उहाँले अनेत्र स्थानमा जनस्वास्थ्यको भवन बनाउन आवश्यक बजेट विनीयोजन गरीने र भवन निर्माण भएपछि आफ्नो कार्यालयमा जनस्वास्थ्य सरेपछि प्रतिष्ठानले सबै भवन प्रयोग गर्ने बताउनु भयो । फीलिप्स कम्पनिको नयाँ भिडियो एक्सरे मेसिनवाट फोरडि इमेज, कलेजो स्पष्टसहीत देखीने र वच्चाहरुको विभिन्न अंगहरु पनि सजिलै देख्न सकिने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनु भयो ।
प्रतिष्ठानमा नयाँ भिडियो एक्सरे थपिएसंगै यसको संख्या २ पुगेको छ । भिडियो एक्सरे गर्ने रेडियोलोजिष्ट चिकित्सकहरुको संख्या ३ पुगेको छ । सो अवसरमा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानको विस्तारीत सेवाको वारेमा जानकारी गराउनु भएको थियो । प्रतिष्ठानमा सिटि स्क्यान, आइसियु, एमआरआई, एनआइसियु, पिआइसियु जस्ता महत्वपुर्ण सेवाहरुसंगै चिकित्सकहरु पनि थपिदै गएकाले अव सामान्य उपचारका लागि जिल्ला वाहीर यस क्षेत्रका जनताहरु जानुनपर्ने बताउनु भयो । प्रतिष्ठाका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानको सेवालाई मजवुत बनाउदै शैक्षिक कार्यक्रमलाई पनि अघि बढाइ रहेको बताउनु भयो । उहाँले विएनएस र विएसस्सी नर्सिङ, डाक्टरको स्नाकोत्तर तह(एमडि)को पढाई सुरु गरेर शैक्षिक कार्यक्रमको सुरुवात गर्रीएको चर्चा गर्दै आवश्यक बजेट प्रतिष्ठानले पाएमा एमविविएसको पढाई सुरु गर्ने बताउनु भयो । उहाँले होलेरीमा प्रतिष्ठान र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय र ब्यवस्थापनमा विशिष्टीकृत सेवा छिट्टै दिने गरी तयारी गरीएको बताउनु भयो । मेडिकल अफीसर राखेर होलेरीमा विशिष्टकृत सेवा दिने गरी योजना अघि सारीएको उहाँको भनाई छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले आफ्नो सेवासंगै शैक्षिक तथा अनुसन्धानमुलक कामहरु पनि अघि बढाएको बताउनु भयो । एमविविएसको कक्षा संचालनको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको साथ अपरीहार्य रहेको कुरामा जोड दिनु भयो ।