दाङ, बैशाख ३० | राजन राज न्यौपाने
नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष पदमा बसन्त न्यौपानेले २ सय ७ मत लिई विजयी भएका छन् । उनका प्रतिष्पर्धी धरमबहादुर बस्नेतले १ सय ८४ मत लिएका छन् ।
त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत लिएका छन् । त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत लिई विजयी भएकी छिन् भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिएर पराजित भएका छन् । शनिवार भएको निर्वाचनमा कुल ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत खसेको थियो ।
बस्नेतको प्यानललाई नेपाली काङ्ग्रेस, नेकपा एमाले, र नेकपा माओवादीको समर्थन थियो । प्रचार प्रचारको लागि काङ्ग्रेसका लुम्बिनी प्रदेश साम्सद प्रचण्ड बिक्रम न्यौपाने (गन्टु) नेता भुप ब. डागी, तिलक रावत लगायत मैदान मै उत्रिएका थिए भने जिल्ला स्तरका थुप्रै नेताको साथ – समर्थन थियो ।
अर्का उमेदवार लिलाधरलाई भने स्वतन्त्र युवा व्यवसायीहरुको साथ रहेको थियो ।
Advertisement: