मावि सौडियारलाई अव्वल र नमुना वनाएर छाड्छौ–शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवर
तपाइलाई स्वागत छ ?
मलाई यो अवसर दिनु भएकोमा तपाई लगायत अनलाइनको सम्पुर्ण परीवारलाई धन्यवाद दिन चाहन्छु ।
विद्यालयको शैक्षिक गतिविधि कसरी चलिरहेको छ ?
शिक्षक अभिभावक संघको अध्यक्ष भएर मैले नेतृत्व गरेको धेरै समय भएको छैन । हामि विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थि सबैसंग समन्वय र सहकार्यमा काम गरीरहेका छौ । नेतृत्वमा बसेपछि अलि वढि समय दिनु त परीहाल्छ नै । त्यो स्वाभाविक कुरा नै भइहाल्यो । विगतमा पनि सामाजिक काममा हामि आफै सहभागि हुन्थ्यौ नि । विद्यालयको शिक्षक अभिभावक संघमा रहेर काम गर्न पाँउदा खुसि नै छु । अहिले विद्यालयको शैक्षिक वातावरणलाई ब्यवस्थित र मर्यादित बनाएर लैजाने कोशिस गरेका छौ । यद्यपि काम गर्नेक्रममा केही वाधा, अड्चनहरु आउने कुरा सर्वमान्य नै भइहाल्यो । हामि नेतृत्वमा आउनासाथ अग्रेजि माध्यमको पढाई सुरु गरेका छौ । अघिल्लो शैक्षिक शत्रमा प्ले ग्रुपदेखी कक्षा ५ सम्म मात्रै अग्रेजि माध्यममा पढाई चल्यो । नयाँ शैक्षिक शत्र २०८१ सुरु भए यता हामिले कक्षा ६ मा पनि अग्रेजि माध्यममा सुरु गरेका छौ । दक्ष जनशक्ति फेरी पनि थप्ने तयारीमा छौ । जनशत्ति सबैको ब्यवस्थापन भयो भने यो अग्रेजि माध्यमको पढाई हामिले कक्षा १० सम्म नै भविष्यमा सञ्चालन गर्ने योजना बनाएका छौ । तल्लो तहको कक्षा मन्टेश्वरीमा मन्टेश्वरी तालिम प्राप्त शिक्षक राखेका छौ । अघिल्लो शैक्षिक शत्रवाट सुरु गरेको हुनाले अभिभावकलाई अव मावि सौडियारमा जो नेतृत्व रहे पनि अग्रेजि माध्यमको पढाई टुट्दैन भन्ने शन्देश दिन सफल भएका छौ । यो हाम्रा लागि पनि खुसिको कुरा हो । अभिभावकलाई अग्रेजि माध्यममा परेर ५ कक्षा पास गरेका विद्यार्थिलाई फेरी विद्यालय वदल्नुपर्छ कि भन्ने चिन्ता थियो । त्यो सबै मिलेर समाधान गरेका छौ । यो निरन्तर चलिरहन्छ । यसमा अभिभावक वर्गलाई ढुक्क हुन आग्रह गर्दछौ ।
अग्रेजि माध्यमको पढाई सुरु भएपछि अभिभावकको उत्साह कस्तो पाउनु भयो ?
स्वाभाविकरुपमा अभिभावक अग्रेजि माध्यमको पढाईप्रति उत्साहीत नै छन् । अलि बढि जन अपेक्षा छ नै । विगतमा विद्यालयको नेतृत्वमा रहने वर्गहरुले दुर दुष्ट्रि राखेर सोचिदिएको भए आज हाम्रो जस्तो ग्रामीण भेगका जनताले दुख पाउने थिएनन् । कुनै वेला रहर लाग्दा विद्यार्थि सख्या भएको स्कुल हो । नेतृत्वले समयमै प्लस टु र अग्रेजि माध्यमको पढाई सुचारु गरी दिएको भए आज विद्यालय वरपर निजि विद्यालयहरु खुल्ने नै थिएनन् । खुलेपनि त्यति धेरै विद्यार्थि हुने थिएनन् । सामुदायिक विद्यालयको पढाई विग्रदा नै निजि विद्यालय फस्टाउने हुन् । सामुदायिक विद्यालय नै प्रतिष्पर्धामा उत्रने वातावरण बनेमा त्यसपछि निजि विद्यालय थप प्रतिष्पर्धामा उत्रनु आफै परीहाल्छ । महङ्गो भर्ना, मासिक शुल्क, वार्षिक शुल्क निजि विद्यालयको हुँदा हुदै पनि अभिभावकहरु सामुदायिक विद्यालयमा पढाई गुणस्तरीय र अभिभावकले सोचेअनुरुप नहुँदा निजिमा आफ्ना वाल वच्चा भर्ना गर्नुपर्ने वाध्यता वन्दै गयो । आज आफ्ना वाल वच्चा पढाउनका निमित्त धेरैजसो अभिभावक विदेशीन वाध्य भएका छन् । थोरै रुपैयामा गाँउका वाल वच्चाले आफ्नै सामुदायिक विद्यालयमा अग्रेजि मिडियमवाट पढ्न पाउछ भने कुनै पनि अभिभावकले निजिमा हाल्ने कुरो त हुँदैन् । सामुदायिक विद्यालयका शिक्षकहरुले विश्वास जितेर त्यो किसिमले सोच्दीने र आफ्ना वाल वच्चा पनि आफुले पढाउने सामुदायीक विद्यालय वा नजिकको सामुदायिक विद्यालयमा हालिदिएर वातावरण बनाउने हो भने एक हदसम्म फेरी पनि सामुदायीक विद्यालयहरु माथि उठ्छन जस्तो मलाई लाग्छ । बजेटले मात्रै पनि स्कुल बन्ने कुरा हुँदैन् । बजेटसंगै विद्यालय सुधार गर्ने नेतृत्वको सोच हुनुपर्छ । तव मात्र हामिले सोचेजस्तो नमुना विद्यालय बनाउन सक्छौ । मैले पनि सामुदायिक विद्यालय सुधार्नकै निमित्त आफनो छोरी विद्यालयमा भर्ना गरेको छु । त्यो अरुलाई पनि शन्देश होओस भन्ने मेरो सोच हो । नत्र भने निजि विद्यालयमा हाल्न नसकेर सौडियार स्कुलमा मैले वच्चा हालेको छ होइन् नि । त्यहाका शिक्षक, अभिभावक सबैलाई मोटिभेसन हो भनेर वच्चा भर्ना गरेको हो । अहिले हामिले विद्यालयमा पढाउने शिक्षक, कर्मचारी लगायत सबैले आफ्ना वाल वच्चा विद्यालयमा भर्ना गरौ भनेर अभियान अघि बढाइरहेका छौ । यसमा हामि सफल हुँदै पनि गइरहेका छौ । अगे्रजि माध्यम र नेपालि मिडियम पढाउने शिक्षकहरुलाई अनिवार्य भर्ना गर्न आग्रह गरेका छौ । यदि अटेर गर्ने अवस्था बने शिक्षा ऐन, नियमावलीमा रहेर अरु काम कारवाही अघि बढाउने छौ । सकभर, मायाँ, सद्भाव, सकारात्मक सोच राखेर काम गरौ भन्ने हो । यदि कानुनको कार्यान्वयन खोज्ने अवस्था आए त्यसमा पनि हामि तयार छौ ।
तपाइहरु नेतृत्वमा आएपछि शैक्षिक सुधारका लक्षणहरु देखीएका छन् त ?
निश्वार्थ भावनाले काम गरेपछी शैक्षिक सुधार देखीनुपर्छ । किनकि हामि आफ्नो पैशा खर्च गरेर शैक्षिक सुधारको अभियानमा जुटेका छौ । अव हामीले त्यो स्कुल बनाएनौ भने झनै कमजोर बन्दै जाने हो । हामिसंग पनि समुदायको आशा जोडिएको छ । त्यो आशालाई पुरा गर्न र पदमा रहदासम्म त्यो भुमिका निभाउछौ नै । हामि शैक्षिक संस्थाको नेतृत्वमा आएपछि केही समस्याहरु देखीए । शिक्षकहरु पनि हाम्रो योजना अनुसार अघि बढ्नु भएको छ । अव हामि विद्यालयमा सिष्टमको विकास गर्न प्रयास गरेका छौ । प्रणालिमा सुधार भयो भने जो नेतृत्वमा रहे पनि फरक पर्दैन् । हामि सुन्दर विद्यालय हाम्रो कार्यकालपछि आउने नयाँ नेतृृत्वलाई दिन चाहन्छौ । त्यो आउने नयाँ नेतृत्व अझ हामि भन्दा सकृय भएर काम गर्ने आउनुपर्छ भन्ने मान्यता हो । त्यसकारण अघिल्ला वर्षहरुमा के भए, त्यता नजाऔ । चलिरहेको वर्ष र आउने वर्षहरुमा शैक्षिक सुधारलाई घनिभुतरुपमा लैजाऔ भन्ने हो । हाम्रो विद्यालयमा कार्यरत एक जना शिक्षकले एउटा मात्रै राम्रो काम गरे पनि यो विद्यालय थप अघि बढ्छ । त्यसैले सबैले एउटा मात्रै राम्रो काम गरेर शैक्षिक सुधार गरौ भन्ने चाहन्छु ।