दाङ एक्सपोको पैसाले सेवा घरलाई वासिङ मेसिन

खेलकुद/मनोरन्जन समाचार
Spread the love

घोराही २९ चैत
दाङ चेम्बर अफ कमर्शले मानव कल्याण समाज (सेवा घर) लाई विहिवार वासिङ मेसिन दिएको छ । दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदिको प्रमुख आतिथ्यमा सेवा घरका संयोजक सुस्मीता श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
चेम्बरले माघ २३ देखि फागुन ८ गते सम्म घोराही १५ झिगौरामा लुम्बिनी प्रदेश स्तरीय दाङ एक्सपो लगाएको थियो । त्यसबाट बचेको पैसाले वासिङमेशिन सेवाघरलाई दिएको महासचिव कृष्णा कार्कीले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष बलदेव योगी, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता कुमारराज श्रेष्ठ लगाएत चेम्बेरको टोलि घोराही १० नारायणपुर स्थीत सेवा घरमा पुगेर हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *