दाङ,२७ चैत। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला दाङ आउनु हुने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको दोस्रो सम्मेलनमा सहभागी हुनका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कोइराला दाङ आउन लाग्नुभएको जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदिले बताउनु भयो ।
नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलन यही चैत २९ गते घोराहीमा हुन थालेको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्नका लागी नेता कोइराला दाङ आउन लागेको नेपाली कांग्रेस दाङका जिल्ला सदस्य जगत जिएमले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका-१४ स्थीत बहुउद्देश्यीय सभागृहमा हुने दोस्रो जिल्ला सम्मेलनलाई कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।
उक्त सम्मेलनमा सहभागी हुनका लागी नेपाली कांग्रेस दाङले सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, क्रियाशिल सदस्य,भातृ तथा सभेच्छुक संघसंगठनलगायत सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ ।
जिल्ला सदस्य जिएमले जिल्लाको दोस्रो सम्मेलनका अवसरमा चैत्र २८ गते अर्थात् भोलि पार्टी कार्यालयमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्नु भएको छ ।