राप्ती प्रतिष्ठानमा देशकै उत्कृष्ठ जेष्ठ नागरीक सेवा

समाचार
Spread the love

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ठ रहेको जेष्ठ नागरीक सेवा थप प्रभावकारी वन्दै गएको छ । जेष्ठ नागरीकहरुलाई लक्ष्ति गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरीक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरीक रोग विशेषज्ञ डा।रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मि र नर्शको ब्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी वनाउदै लगेको छ । कडेल हाल प्रतिष्ठानको कामु निर्देशकको जिम्मेवारीमा पनि हुनुहुन्छ । नेपालकै एक मात्र अस्पताल प्रतिष्ठानमा जेष्ठ नागरीक ओपिडिसहीत १२ वेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनु भयो । लम्सालले जेष्ठ नागरीकको उपचारमा टेवा पुर्याउने उदेश्यले हाल प्रतिष्ठानमा टोकन सिष्टम पनि सुरुवात गरीसकेको छ भने फार्मेसिमा पनि जेष्ठ नागरीकलाई औषधि लिनका लागि छुट्टै झ्यालको ब्यवस्था गरीएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार ६० वर्ष देखी ६९ वर्षसम्मका ५ हजार ८३ जना महीला र ४ हजार ३४ जना पुरुष जेष्ठ नागरीकहरुले ओपिडि सेवा लिएका छन् भने ७० वर्ष भन्दा माथिका ५ हजार १६ जना महीला र ४ हजार ६ सय ८९ पुरुष जेष्ठ नागरीकले ओपिडि सेवा प्राप्त गरेका छन् । त्यस्तै ६० वर्ष भन्दा माथिका ५ हजार ४ सय २८ जना जेष्ठ नागरीकहरु उपचारका लागी भर्ना भई सेवा लिएका छन् । जसअनुसार ओसिएमसि ७ जना, सर्जरी सेवा १ हजार २३ जना, प्रसुति सेवा २ हजार ७ सय ३४ जना, अर्थोपेडिक सेवा ५ सय ६५ जना, दन्त सेवा १ जना, नाक, कान घाटि रोग विशेषज्ञ सेवा १ सय ५४ जना, युरोलोजि सेवा ७८ जना, मानसिक रोग विशेषज्ञ सेवा ५३ जना, अन्य सेवा १ जना, मेडिसिनको सेवा ७ सय ४० जना, वाल रोग विशेषज्ञ सेवा ३२ जना, एमडिजिपि ३४ जना, आँखा रोग विशेषज्ञ सेवा ६ जना भर्ना भई उपचार सेवा लिएका छन् । यसैगरेर ६० वर्ष भन्दा माथिका ६३ हजार ८ सय ४० जना जेष्ठ नागरीकहरुले ओपिडिवाट विशेषज्ञ सेवा पाएका छन् ।

Advertisement:


जसअनुसार ओसिएमसी सेवा २८ जना, अर्थोपेडिक सेवा ८ हजार ३ सय ८३ जना, छाला रोग विशेषज्ञ सेवा ३ सय ८४ जना, नाक, कान घाटि रोग विशेषज्ञ सेवा ३ हजार ५ सय ५४ जना, प्रसुति सेवा ४ सय २९ जना, मानसीक रोग विशेषज्ञ सेवा १ हजार ३ सय २२ जना, रेडियोलोजि सेवा ८४ जना, दन्त सेवा १ हजार ४ सय ९३ जना, आँखा रोग विशेषज्ञ सेवा ५ हजार ३ सय ३९ जना, जेनरल सर्जरी सेवा ४ हजार ४ सय १६ जना, संस्थागत क्लिनीक १ जना, अन्य सेवा अन्तरगत ६ सय ३५ जना, युरोलोजि सेवा १ हजार ८ सय २७ जना, अन्य विभागीय सेवा ६ जना, मेडिसीन तथा जेष्ठ नागरीक ओपिडी वार्डवाट २१ हजार ५ सय ४ जना, वाल रोग विशेषज्ञ सेवा ३ हजार ६ सय ३५ जना, फीजियोथेरापी सेवा ७ जना, दन्त सेवा फलोअप १ जना, इमरजेन्सी सेवा ९ हजार १ सय ६३ जना र एमडिजीपि सेवातर्फ १ हजार ६ सय २९ जनाले ओपिडि सेवा लिएका छन् । यो सेवाग्राहीको संख्या गएको साउनदेखी फागुन मसान्त सम्मको हो ।

Advertisement:


स्वास्थ्य मन्त्रालयद्वारा प्रतिष्ठानलाई जेरीयाट्र«ीकको विशिष्टकृत अस्पतालकोरुपमा सुचिकृत हुनेगरी प्रकृया सुरु
यसैविच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा सञ्चालित जेष्ठ नागरीक वार्डलाई थप सुविधा सम्पन्न बनाउने गरी आवश्यक प्रकृया सुरु गरेको छ । प्रतिष्ठानका कामु निर्देशक डा। रमेश कडेलले मन्त्रालयले जेष्ठ नागरीकको विशिष्कृत अस्पतालकोरुपमा सुचिकृत हुने प्रकृया सुरु गरीसकेकाले निकट भविष्यमा यो कार्यले पनि सफलता पाउने बताउनु भयो ।
जेष्ठ नागरीकलाई लक्षित गर्दै प्रतिष्ठानले एमडि गरीसकेको चिकित्सकका लागी ‘जेष्ठ नागरीक फेलोसीप’
त्यस्तै प्रतिष्ठानले जेष्ठ नागरीक विधामा फेलोसीप कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जेष्ठ नागरीकहरुको उपचारमा थप संवेदनशिल हुँदै अस्पतालले पाठ्यक्रम नै बनाएर जेष्ठ नागरीक फेलोसीप कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । एमडी गरीसकेका चिकित्सकहरुलाई लक्षीत गरेर यो कार्यक्रम ल्याईएको उहाँले बताउनु भयो । मुलुकमा जेष्ठ नागरीकको संख्या वढ्दै गएकाले अस्पतालमा उपचारको थप सुविधा सम्पन्न बनाउन र जेष्ठ नागरीक विशेषज्ञ आवश्यक्ता धेरै नै भएको त्यसको परीपुर्ति गर्न प्रतिष्ठानले आफै नै पाठ्यक्रम बनाई स्विकृत गराएर जेष्ठ नागरीक फेलोसीप कार्यक्रम सञ्चालनमा ल्याईएको रजिष्ट्रार लम्सालले बताउनु भयो ।

Advertisement:

Leave a Reply

Your email address will not be published. Required fields are marked *