चैत १७ | घोराही
“ईतिहासमा महिलाहरु सति जानुपथ्र्यो तर अहिले छोरीहरु कोखमा नै मर्नुपर्ने अवस्थाको सिर्जना भएको छ” आज घोराहीमा सामाजिक रुपान्तरणका लागि महिला मंञ्च दागंको आयोजनामा संञ्चालन भएको लिङ्ग पहिचान पछिको भ्रुण हत्या बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।
सामाजिक रुपान्तरणका लागि महिला मंञ्च दाङका अध्यक्ष शुसीला आचार्यको अध्यक्षता तथा डाक्टर कृत्तान्जली घिमिरेको प्रमुख आतिथ्यता र पुर्व राज्यमन्त्री शुष्मा शर्मा घिमिरेको बिशिष्ट आतिथ्यतामा लिङ्ग पहिचान पछिको भ्रुण हत्या बिषयक अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सदस्य सुनिता शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर कृत्तान्जली घिमिरे ले ४ हप्ता सम्मको भु्रण कानुनी रुपमा नै गर्भपतन गर्न पाउने ब्यवस्था भएतापनि पछिल्लो समय लिङ्ग पहिचान गरेर ४ महिना पछिको भु्रण हत्या गर्दै आएकोमा त्यसको लागि पनि कानुनी लगायत पैरबी सचेतना लगायतको गतिबिधी बढाउन आवश्यक रहेको बताउनुभयो, साथै कार्यक्रममा बोल्दै डा. घिमिरे ले यो पिडा शारिरिक रुपमा महिलाले भोग्नुपरेपनी सामाजिक, मानसिक लगायतको प्रेसर घरपरिवार तथा समुदायले पनि गर्ने भएकाले पछिल्लो समय भ्रुण चेकजाँज गरेर छोरा जन्माउने र छोरी भए हत्या गर्ने परिपाटीको सिर्जना भएकोमा दुःख ब्यक्त गर्नुभएको थियो र यस्का लागि हरेक तहमा पैरबी सचेतना बढाउन पनि आवश्यक रहेको बताउनुभएको थियो ।
निति निर्माणको तहमा नै महिलाहरुको हक अधिकार ल्याउनमा महत्वपुर्ण भुमिका खेलेको हुदा अब अबैधानिक रुपमा गरिदै आएको लिङ्ग पहिचानपछिको भ्रुण हत्यालाई पनि निति निर्माणको तहबाट रोक्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै संस्थाका सल्लाहाकार आसमानी चौधरीले हाम्रो समुदायमा अझैपनि पितृसत्तात्मक सोच र मानसिकता छदैछ तरपनि महिलाहरुले निक्कै संघर्षका बाबजुद धेरै कुराहरुमा सफलता हासिल गर्दै गएका छन् तर परिवर्तन हुदै गएको यो समय सँगै अहिले फेरि लिङ्ग पहिचानपछिको भ्रुण हत्या बढदोक्रममा देखिन थालेकाले पुनः छोरीहरु जन्मीन पाउनुपर्छ भन्ने आवाजहरुमा पैरबी गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका प्रमुख बसन्त खनाल, बरिष्ट नर्स सरिता तामाङ, पत्रकार लक्ष्मी आचार्य, शुसील गौतम, नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्त, पत्रकार महासंघका अध्यक्ष दुर्गालाल के.सी, पत्रकार मधुसुदन बैद्य, डाक्टर लोकराज पराजुली, समाजसेवि साजिदा सिद्धिकी लगायतले बोल्नुभएको थियो उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिब बिमला के.सी.ले गर्नुभएको थियो ।