दाङ । नेपाली काग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा यहि चैत्र १६ गते दाङ आउन लाग्नु भएको छ । लमही नगरपालिका –९ अमिलियामा रहेको काङ्ग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्न दाङ आउन लागेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र –१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । ‘१६ गते बिहान ११ बजे पार्टी सभापति ज्युले शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ, सो कार्यक्रममा यस क्षेत्रमा रहनु भएका सबै नेता तथा कार्यकर्ताहरु उपस्थिति भईदिनु होला–सभापति पाण्डेले भन्नू भयो ।