काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको प्रमुख हुन् प्रहरी नायब उपरीक्षक डिएसपी ठाकुर प्रसाद पोखरेल । संगठनमा इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएका पोखरेलले तलुसीपुरको कमाण्ड सम्हालेको करिब ९ महिना पुग्यो ।
तलुसीपुरको कमाण्ड सम्हालेको दिनदेखि नै डिएसपी पोखरेलले नयाँ नयाँ काम गर्दै आइरहेका छन् । जसलाई प्रहरी संगठनले नविनतम कार्य भन्ने गरेको छ । उनको कार्यकालमा तुलसीपुर इप्रकामा थुप्रै कामहरु भएको प्रहरी कर्मचारीहरु नै बताउँछन् ।
डिएसपी पोखरेलले यस कार्यालयबाट सूचनाको सहज पहुँचका लागि विभिन्न कार्यहरु भएको समेत बताए । नवीनतम कार्यहरु अन्तर्गत थुनुवाहरुको लागि पुस्तकालय राखिएको, मोवाइल गाडीको लागि र उजुरी शाखाको लागि छुट्टाछुटै मोवाइल सेट र मोवाइल नम्वरको व्यवस्था गरेको उनको भनाइ छ ।
कुनै घटनाभएमा सम्पर्क गर्न र सहजै सूचना आदान प्रदान गर्न ४ स्थानमा मोवाइल सेट राखिएको उनले बताए । मोवाइल गाडीको लागि ९७६४३४७९४५, क्यूआरको लागि ९७६४३४७९४४, राप्ती प्रादेशिक अस्पतालको लागि ९७६४३४७५६३, र उजुरी शाखाको लागि ९७६४१९५९६६ मोवाइल सेट राखेको राखिएको छ ।
कहिँ कसैले केहि जानकारी दिन खोज्यो तथा घटना घटेर प्रहरीलाई खवर गर्नु परेमा यो नम्वरमा जानकारी दिन र लिन सकिने डिएसपी पोखरेलले बताए । ‘अब केहि जानकारी दिन तथा सूचना लिन १०० र कार्यालय प्रमुखलाई खोज्नु पर्दैन आवश्यक कामका लागि मोवाइलमा जान्नबुझ्न पाइन्छ,’ उनले भने ।
सानोतिनो कामका लागि कार्यालयमै आउने र आफुलाई सोध्नु नपर्ने उनले बताए । ‘उजुरीको विषयमा केहि जानकारी लिनु परे उजुरी शाखाको नम्वर छ, केहि घटना भयो भने मोवाइल गाडीका लागि पनि नम्वर छ । अब कार्यालयमै जानकारी गराउनुपर्छ भन्ने होइन सहज छिटो र छरितो सूचना लिन दिन सकिन्छ,’ उनले भने ।
त्यस्तै पोखरेलले आफ्नो अल्पकालिन योजनामा कार्यालय परिसरमा शुद्ध पिउने पानीको लागि युरो कार्ड राख्ने, प्रहरी कार्यको सूचना प्रवाहको लागि डिजिटल बोर्ड राख्ने, क्यूआरको लागि मोटरसाइकल २ वटा थप गर्ने, महिला बालबालिका शाखाको भवन लगायतका योजना रहेको सुनाए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको मातहतमा ४ वटा अन्य इलाका प्रहरी कार्यालय रहेका छन् भने ५ वटा प्रहरी चौकी र ९ वटा अस्थायी प्रहरी चौकी छन् ।
इप्रका तुलसीपुरमा चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न प्रकृतिका झण्डै ४ सय मुद्धा दर्ता भएका छन् ।
चालु आर्थिक बर्ष २०८०र०८१ को साउन महिनादेखि फागुन मसान्तसम्म विभिन्न प्रकृतिका ३ सय ९७ वटा मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ९डिएसपी० ठाकुर प्रसाद पोखरेलले जानकारी दिए ।
जस अन्तर्गत कार्यालयमा अभद्र व्यवहार गरेको भन्दै ६५ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै बैकिङ् कसुर ४७, आत्महत्या ४७, भवितव्य ज्यान ३०, सार्वजनिक शान्ति कसुर ३०, सवारी ज्यान सवारी भवितव्य १९, फुटकर ज्यान १८, चोरी १५, विष सेबन गरी आत्महत्या १२, बहुविवाह ११, ज्यान मार्ने उद्योग १२, जबरजस्ती उद्योग ८ वटा मुद्दा दर्ता भएको छ ।
त्यसैगरी लागूऔषध ६, अपराधिक लाभ ५, कर्तव्य ज्यान ५, आत्महत्या दुरुत्साहन ३, मुद्रा सम्बन्धी कसुर २, सरकारी दस्तखत किर्ते २, अपराधी उपद्रव २, ठगी २, बालविवाह तथा जवरजस्ती करणी १, अपहरण शरीर बन्धक तथा जवरजस्ती करणी १, बाल यौन दुरुपयोग १,कुटपिट अंगभग १, साइवर अपराध १, मानव बेचविखन १, बालविवाह १, जुवा १ वटा गरि ३ सय ९७ मुद्धा दर्ता भएको डिएसपी पोखरेल बताउँछन् ।
यी मध्ये २ सय २८ वटा मुद्धा फस्र्यौट भइसकेको र ५६ वटा मुद्धा अनुसन्धानकै क्रममा रहेको डिएसपी पोखरलले बताए । कार्यालयमा केही पुराना र नयाँ गरि हाल १ सय १३ वटा मुद्धा पेन्डिङमा रहेका छन् ।
त्यस्तै लागूऔषध सम्बन्धी ६१ वटा मुद्दा दर्ता भएकोमा ६० मुद्दा फस्र्यौट भइसकेको डिएसपी पोखरेलले बताए । उनले भने, ‘एउटा मात्र मुद्दा फस्र्यौट हुन बाँकी छ ।’
तुलसीपुरमा चालु आर्थिक बर्षको हालसम्म २ सय ७२ वटा निवेदन दर्ता भएका छन् । जसमा घरेलु हिंसा अन्र्तगत ४२ वटा निवेदन परेकोमा ४० वटाको मिलापत्र भएको छ भने २ वटा बाँकी रहका छन् ।
यस्तै सामाजिक हिंसा अन्र्तगतका ३ सय २२ वटा निवेदन आएकोमा १ सय ३१ वटामा मिलापत्र गरिएको छ भने १ सय ९१ वटा बाँकी रहेका छन् । त्यसैगरी खोजतलास सम्बन्धी २ सय ७९ वटा निवेदन आएकोमा २ सय वटा मिलापत्र भएको र ७९ वटा बाँकी रहेको पोखरेलले जानकारी दिए ।