पिडितको भिडियो खिच्दै गरेका पत्रकार थापामाथी प्रहरीको दुव्र्यवहार

समाचार
Spread the love

१ चैत, घोराही । जनआवाज नेपाल अनलाइन टिभीका सञ्चालक सुदन थापामाथि प्रहरीले दुव्र्यवहार गरेको छ । बिहीबार घोराही स्थित बुद्ध हस्पिटलमा एक बालकको मृत्यु भएपछि समाचार सङ्कलनका क्रममा त्यहाँ पुगेका थापामाथी प्रहरीले दुव्र्यवहार गरेको हो ।

हस्पिटलमा उपचारत राजपुर गाउँपालिका १ पटौली नाकाका ९ वर्षीय सुरेश कुँवरको उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले गरेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका थापालाई प्रहरीले दुव्र्यवहार गरेको थियो । थापाले भिडियो खिच्दाखिच्दैको क्यामरा तथा मोबाइल खोसेको र उनलाई धक्का–मुक्का भएको भिडियो समेत सार्वजनिक भएको छ । साथै पत्रकार थापाको क्यामरामा क्षेति समेत पुगेको छ ।

यस्तै, नेपाल प्रेस युनियन दाङका सदस्य सुदन थापामाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन दाङले आपत्ति प्रकट गरेको छ । युनियनका जिल्ला अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले विज्ञप्ति जारी गर्दै युनियनका जिल्ला सदस्य थापामाथि भएको प्रहरी दुव्र्यवहारप्रति आपत्ति प्रकट गरेका हुन् ।

जिम्मेवार निकायबाट एउटा पत्रकारलाई समाचार सङ्कलनको क्रममा अवरोध उत्पन्न गर्दै दुव्र्यवहार गर्नुले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन् भएको युनियनले जनाएको छ । घटनाको भत्र्सना गर्दै यस्तो खालका गतिविधि नदोहो¥याउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकाय समक्ष माग गर्दै थापाको क्षति भएको क्यामेराको क्षतिपूर्तिको लागि समेत युनियनले माग गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *