काठमाडौं । घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघले आफ्नो ३१ औँ बार्षिक उत्सवका अबसरमा घोराही उपमहानगरपालिकालाई संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा राम्रो काम गरेको मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिकाकारुपमा पुरस्कृत गरेको हो । काठमाडौमा आयोजित एक समारोहका विच संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई उक्त उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नुभयो । देशभरका नगरपालिकाहरुबाट प्राप्त कार्य सम्पादनका आधारमा मूल्यांकन गर्दा घोराही उपमहानगरपालिका संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा उत्कृष्ट भएको हो । पुरस्कार प्राप्त गरेपछि नगर प्रमुख चौधरीले जनप्रतिनिधी, कर्मचारी एवं सम्पूर्ण सरोकारवाला पक्षहरुलाई धन्यबाद दिनुभएको छ ।
Advertisement