२०८० चैत १ गतेका दिन बिहान ११:३० बजे ब्रहमकुमारी इस्वरिय विश्व बिधालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखामा “नारी सशक्तीकरणका लागी उत्प्रेरणा र नेतृत्व बिकास कार्यक्रम” हुदैछ । सोही कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नका लागी दाङ जिल्लामा रहेका महिला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका बिचमा आज छलफल कार्यक्रम सप्पन्न भएको छ ।
ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दागं शाखाको आयोजना तथा जिल्लामा रहेका राजनितिक संघ सगंठन र सामाजिक संघ सस्थाको सह आयोजनामा नारी शसक्तीकरणका लागि उत्प्रेरणा र नेतृत्व बिकास सम्बन्धी कार्यक्रम २०८० चैत १ गतेका दिन घोराहीमा हुने भएको छ ।
ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दागं शाखाका संञ्चालिका अन्जना खड्काको अध्यक्षतामा आज घोराहीमा सम्पन्न भएको दागं जिल्लाका महिला संघ संस्थाका प्रमुुख तथा प्रतिनिधिहरु संगको छलफल कार्यक्रमले आगामी २०८० चैत्र १गतेका दिन ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र घोराही दागंको शाखा कार्यालयमा अन्र्तराष्ट्रिय मोटीभेसनल स्पिीकर राजु घलेको उपस्थीस्थीतीमा नारी शसक्तीकरणका लागि उत्प्रेरणा र नेतृत्व बिकास सम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अन्र्तराष्ट्रिय मोटीभेसनल स्पिीकर राजु घलेद्धारा जिल्ला स्थिीत मातृशक्तीलाई सकारात्मक र नेतृत्व बिकास गर्नका लागि आयोजना गर्नका लागि आज भएको छलफलमा नेपाल पत्रकार महासंघका सल्लाहकार लक्ष्मी आर्चाय, नेपाल महिला सामुुदायिक सेवा केन्द्र, ग्रामीण महिला उत्थान केन्द्र दागं, अन्तरपाटी महिला संजाल, मानव कल्याण तथा बातावरण केन्द्र, स्वच्छ नेपाल लगायतका संस्थाहरुको प्रमख तथा प्रतिनिधित्वहरुको सहभागितात्मक छलफल भएको थियो उक्त कार्यक्तमको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सेनाले गर्नुभएको थियो।