दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति ८ बजेतिर घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा एक जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनक मल्लले जानकारी दिए ।
मृत्युु हुनेमा घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्मा रहेका छन् ।
मृतक शर्मा पनि टिप्पर चालक हुन् । मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिपरले शर्मालाई ठक्कर दिदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने सवारी चालक ३० वर्षीय बसन्त जिएमलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।
मृतकका आफन्तले उद्योगमा क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरिरहेका छन् ।