महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव सम्पन्न

राजनीति शिक्षा समाचार
Spread the love

घोराही, २९ माघ ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनमा महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव एक भव्य समारोहका साथ सम्पन्न गरिएको छ। सो अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतलाई पुरस्कार वितरण नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान समेत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले शिक्षा क्षेत्रमा विभिन्न चुनौति देखा परेको बताउदै आजको युवाले सोचेको जस्तो र समाजले खोजेको जस्तो शिक्षा अहिलेको शिक्षा प्रणालीले दिन नसकेको प्रश्नहरु उठेको बताउनु भयो ।

अहिलेको अवस्थमा युवाहरुले सोचेको र समाजले खोजेको शिक्षा दिनु पर्ने भन्दै सम्पुर्ण राजनित दल, सामाजिक अभियान्त र शैक्षिक बौद्धिकबाट शिक्षा प्रणाली लागु गर्न पर्ने समेत बताउनु भयो ।

साविक राप्ती अञ्चलका ५ वटा जिल्ला र केही जाजरकोट विद्यार्थीहरुले महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेर आज समाजको विभिन्न ठाउँको नेतृत्व गरि रहेको बताउनु भयो । आज यस क्याम्पमा विद्यार्थीको रुपमा सिकेको कुराले उज्वल भविष्य यही क्याम्पसबाट सिकेको अध्ययन, सिप र त्यो उत्साहका साथ समाजको हरेक ठाउँमा पुगेर त्यो ठाउँको नेतृत्व गर्नुपर्ने समेत बताउनु भयो ।

विद्यार्थीहरुले यस क्यामपसबाट शिक्षा आर्जन गरेर भोलीका दिनमा देशले गर्व गर्न सक्ने जन शक्ती र यो क्यामसको इतिहास समय देखी अत्यन्तै महत्वपूर्ण रहेको बताउदै अझ सशक्त पार्न अहिलेका विद्यार्थीहरुले भुमिका खेल्नु पर्ने समेत मन्त्री खनालले बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अहिले शिक्षा नै बिकास हो भन्ने आम नागरिकले बुजेकोमा जोड दिनु भयो । शिक्षा बिना विकास असम्भव रहेको समेत बताउनु भयो ।

नगर प्रमुख चौधरीले दाङमा महेन्द्र बहुमुखी क्याम्पस शिक्षा हासिल गर्ने थलो बनेको भन्दै सरकारीस्तरबाट सुरु हुन लागेको इन्जिनियर पढाई संचालनलाई यस क्याम्पसले भवन दिएर सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सभापति एवं महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति शंकर प्रसाद डाँगीले यस क्याम्पसले धेरै जनशक्ति यो देशका लागि उत्पादन गरि सकेको भन्दै आउने विद्यार्थीहरु पनि दक्ष जनशक्तिको रुपमा देश, समाज र आफ्नो परिवार प्रति उत्तरदायी सहित केही गर्न सक्ने सामर्थी रहने विश्वास रहेको समेत बताउनुभयो । शिक्षा भनेको मानिसलाई मानिस बनाउने तत्व हो त्यसैबाट बाकि जिवन चलाउनु पर्ने समेत बताउनु भयो ।

विप्लव निकट अखिल (क्रान्तिकारी )का घोराही नगर अध्यक्ष खुम रिजाल, अखिल (क्रान्तिकारी)दाङको संयोजक गिर बहादुर महरा, अनेरास्ववियु दाङका सह संयोजक वसन्त भन्डारी, नेबिसंघ केन्द्रिय सदस्य निरज गिरि, महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्ववियु सभापति बालकृष्ण डांगी, नेपाल पत्रकार निवर्तमान अध्यक्ष एवं घोराही बनाऔ अभियानका संयोजक सविन प्रियासन, महेन्द्र बहुमुखी क्याम्पस प्रमुख भरतराज न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसको ६४औं अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतालाई पुरस्कार वितरण, नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गर्नुका साथै विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

स्ववियु अध्यक्ष मनोज डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख अतिथिमा भएको कार्यक्रमको सहजिकरण सचिव बसन्त भण्डारी र सदस्य रमिला शर्माले गर्नुभको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *