ग्रामीण महिला उत्थान केन्द्र दाङंको आयोजनामा घोराही १० नारायणपुरमा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम सम्पन्न भएको छ ।
संस्थाले त्यस क्षेत्रमा रहेका १५जना किसानहरुलाई ब्यवसायिक रुपमा तरकारी उत्पादन गर्न सिकाउने उद्देष्यले आधुनिक तथा प्रबिधिमैत्री बिधिको प्रयोग गरी तरकारी खेति तालिम गर्न सिकाईएको हो । केहि समय अघि संस्थाले आयोजना गरेको सिकलसेल शिबिर बाट सिकलसेल प्रभाबित देखिएका मध्ये १५जना किसानहरुलाई आय आर्जनमा जोड्दै उद्यमी तथा ब्यवसायिक बनाउने हेतुले उक्त तालिमको आयोजना गरिएको हो ।
सैद्धान्तिक तथा प्रयोगा्त्मक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम पाएपछि सहभागी नारायणपुर १० उत्तर अमराई निवासी बजारी चौधरीले संस्थाले केहि समय अघि नारायणपुरमा आयोजना गरेको सिकलसेल शिबिरबाट आफु सिकलसेल प्रभाबित भन्ने थाहा पाएपछि निक्कै तनाव बढेको बताउनुभएको थियो तर बिस्तारै संस्थाको आयोजनामा डाक्टर राखेर काउन्सेलीगं, दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्बन्धी तालिम पाएपछि मनको डर चिन्ता बढेको बताउनुभयो भने अहिले आएर पुनः संस्थाले हामीहरुलाई आय आर्जनमा जोड्नका लागि बाख्र तथा बंगुरपालन तालिम तथा तरकारी तालिमको आयोजना गरी बिउ बिजन लगायतको केहि सामाग्री उपलब्ध गराएकोमा संस्थाप्रति चौधरीले धन्यवादज्ञापन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै नारायणपुर १०का सरोज चौधरीले सरकारी तथा अन्य कुनैपनि संस्थाले चेकजाँज शिबिरको आयोजना गरेपछि रोग पत्ता लगाएर चटक्कै छोडेको देखिन्छ तर यस ग्रामीण महिला उत्थान केन्द्रले शिबिर पश्चात पनि बिभिन्न चरणमा हामीलाई सहभागी गराउदै आय आर्जनको पाटो लगायत बालबालिकाहरुको शिक्षामा पनि जोडने भनेको सुन्दा अत्यन्त खुसी लागेको बताउदै संस्थालाई धन्यवाद दिनुभएको थियो ।
संस्थाले केहि समय अघि मेट लाईफ ईन्सोरेन्स क्रम्पनी लिमिटेडको सहयोगमा नारायणपुर क्षेत्रमा सिकलसेल सम्बन्धी शिबिरको आयोजना गरेको थियो उक्त शिबिर बाट ४१ जना सिकलसेल प्रभाबितहरु पहिचान भएका थिए, उक्त ४१ जना मध्येका १५जनाले अहिले तरकारी खेति तालिम लिएका हुन् भने अन्यलाई उनिहरुको आवश्यक्ता अनुसार सिप सिकाउने तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै जाने संस्थाका अध्यक्ष आसमानी चौधरीले बताउनुभएको थियो । तालिमको प्रशिक्षकमा कृषि प्राबिधिक दिबस देबकोटा र धन भण्डारी रहनुुभएको थियो ।