दाङ एक्सपोमा माघ २७ गते शनिवार ज्योती मगरले प्रस्तुती दिने

खेलकुद/मनोरन्जन समाचार
Spread the love

मदन भण्डारी, घोराही

उहीँ मुलाको चाना उहीँ मुलाको सिन्की बोलको गितबाट चर्चामा आएकी लोक-दोहोरी गयिका तथा मोडेल ज्योती मगर २७ गते घोराही आउने भएकी छिन । घोराहीको झिगौरामा दाङ चेम्बर अफ कमर्सको आयोजनामा चलिरहेको दाङ एक्सपो २०८० मा सनिबार ज्योती आउन लागेकि हुन । दाङको छिमेकी जिल्ला रोल्पामा जन्मिएकी ज्योतीको, उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना, साडे गोरु, नाकको फुलि, पिरतिमा दम छ, सारी फरर लगायतका गितहरु सर्बाधिक हिट गित हुन । माघ २३ गते देखि चलेको एक्सपोमा चौथो दिन ज्योती मगर सङ्गै गायक गोपाल नेपाल जि.एम, गयिका पार्बती चौधरी, डान्सर सलिना थापाले आफ्नो प्रस्तुति दिदै हुनुहुन्छ भने कार्यक्रमको उद्दोष गायक सान्तराम सेन्चुरी र अर्का गायक माधब जोन खत्रीले गर्दै हुनुहुन्छ । एक्सपो २०८० फाल्गुन ०८ गते सम्म चल्ने आयोजक कमिटिका अध्यक्ष बिकास अग्रवालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *