नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न

शिक्षा समाचार
Spread the love

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना र मेट लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा आज घोराही १० नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

यस अघि सस्थाले आयोजना गरेको सिकलसेल क्याम्प बाट पहिचान भएका (सिकलसेलका बिरामी) नारायणपुर क्षेत्रका १५ जना किसानहरुलाई ब्यबस्थित बाख्रापालन गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग गरि उधमी बनाउने हेतुले उक्त तालीमको आयोजना गरिएको हो ।
पशु सेवा प्राबिधिक नारायणपुरका हिम प्रसाद शर्मा र पशु प्राबिधिक धन भण्डारीले तालिमको प्रशिक्षण गर्नुभएको थियो ।

तालिम पाएपछि सिकलसेलका बिरामीहरु अत्यनत खुसी भई संस्थालाई धन्यवाद व्यक्त समेत गरेका थिए । संस्थाका कोषाध्याक्षय मीरा चौधरीले शिविरबाट पहिचान भाएका ४१ जना सिकलसेलहरुको आय आर्जनका लागि संस्थाले तरकारी खेती, पशु तथा स्रोतको उचित व्यवस्थापन तालिम, शिक्षामा सहयोग, सिलाई कटाई तालिम, ब्यूटीपार्लर तालिमको समेत व्यवस्थापन गरेको बताउनु भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्बती बस्नेतले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *