३ अर्ब लगानीमा दाङमा पाँच सय शय्याको सञ्जीवनी अस्पताल

समाचार
Spread the love

काठमाडौं- मेडिकल व्यावसायी खुमा अर्यालले दाङमा पाँच सय शय्या क्षमताको अस्पताल सञ्चालनमा ल्याउने भएका छन्। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोग्ली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ।

अर्यालले करिब तीन अर्ब लगानीमा सञ्जीवनी अस्पताल निर्माणको काम अगाडि बढेको जानकारी दिए। ‘अस्पतालको भवन निर्माणको तहमा छ,’ उनले भने, ‘स्वीकृतिको प्रक्रियामा छ। स्वीकृति पाएसँगै दशैंको कोजाग्रत पूर्णीमाको दिनबाट अस्पतालको सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं।’

अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्य सहित अस्पताल पाँच सय शय्याको बनाइएको हो। उनले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिए।

भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै अर्यालले एक हजारभन्दा बढीले रोजगारी पाउने बताए।

‘भवन निर्माणको कामले तीव्रता लिइरहेको छ,’ उनले भने, ‘कोजाग्रत पूर्णीमाको दिनदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले आगामी असार मसान्तभन्दा पहिले नै जनशक्ति व्यवस्थापनको काम अगाडि बढ्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *