दाङ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित भएका छन् । दाङको तुलसीपुरमा शनिबार सम्पन्न विशेष अधिवेशबाट राम्जाको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली निर्वाचित भएका छन् ।
अधिवेशनले दुई सदस्य पछि मनोनयन मनोनित गर्नेगरी २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अमृत गिरीले जानकारी दिए ।
समितिको सदस्यमा माधव कँडेल, बसन्त परियार, रमा नेपाली, निता चौधरी, अभिषेख डाँगी, उत्तम अधिकारी, अर्जुन परियार, हिमाल विश्वकर्मा, कपिलमणि लामिछाने, जीवन अधिकारी, महेश बस्नेत, हिमाल खड्का, चेतन वली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, प्रेमकुमारी बुढामगर, सुरक्षा चौधरी, निशाकुमारी चौधरी, ललित कुमाल र वर्षा केसी रहेका छन् ।
यसअघिका अध्यक्ष इन्द्र डिसी अमेरिका गएपछि चौतारीको विशेष साधारण सभा भएको हो ।