दाङ च्याम्बर अफ कमर्सको आयोजनामा यहि माघ २३ गते देखि फाल्गुन ८ गते सम्म हुन लागेको लुम्बिनी प्रदेश स्तरीय “दाङ एक्सपो २०८०” सभ्य र भव्य रुपले सफल पार्न साथ, सहयोग र समर्थन गर्ने दाङका मुख्य राजनीतिक दलहरुले प्रतिबध्दता जनाएका छन ।
कार्यक्रममा, नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य – ‘गुरु प्रसाद महरा’ , राप्रपा दाङका जिल्ला अध्यक्ष – ‘किशोर कुमार न्यौपाने’ , राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका अध्यक्ष – ‘राजेन्द्र दाहाल’ , नेकपा माओवादीका घोराही नगर कमिटि सचिव – ‘सावार चौधरी’ , राष्ट्रिय जनमोर्चा दाङका जिल्ला कमिटि सल्लाहकार – ‘खडानन्द खनाल’ , नेकपा (विप्लब) का जिल्ला सचिव – ‘जनक सि’ , नेकपा एमालेका घोराही नगर कमिटि सचिब – ‘इन्द्र बुढाथोकी’ , नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर २ (ख) का सभापति – ‘प्रकाश श्रेष्ठ’ लगायतको उपस्थिति थियो ।