प्रतिष्ठानमा सिकल्सेल एनिमिया रोगको परिक्षण गर्न मेसिन जडान गर्छौ-डा. तिवारी

अन्य समाचार
Spread the love

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका इमरजेन्सी इन्चार्ज, एमडिजिपी डा. उमाकान्त तिवारीले यसैबर्षदेखी प्रतिष्ठानमा सिकल्सेल एनिमिया रोग पत्ता लगाउने मेसिन सन्चालनमा आउने जानकारी दिएका छ्न । सिकल्सेल एनिमियाको बारेमा सचेतना फैलाउने उदेश्यले आज घोराहीमा आयोजित सचेतना मुलक कार्यक्रममा प्रमुख प्रशिक्षककारुपमा रहेका तिवारीले मेसिन छिट्टै खरिद गरेर सन्चालनमा आउने बताए । खरिद प्रकृया सुरु भइसकेकाले मेसिन सन्चालन भए अबदेखि रोग पत्ता लगाउन तथा परिक्षण गर्न बाहिर जानु नपर्ने उनको भनाई छ । घोराही उपमहानगरपालिकाले करिब २५ लाखको सहयोगमा उक्त मेसिन खरिद गरेर दिने तयारी गरेकाले सिकल्सेल एनिमियाको परिक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने डा. तिवारीको भनाई छ । सिकल्सेल एनिमिया बंशानुगत भएकाले त्यसरि ब्यक्तिमा सर्ने गरेकाले यसको रोकथाममा ध्यान सबैले दिनुपर्ने उनले बताए । यो रोग थारु समुदायमा अलि बढि रहेको जानकारहरु बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *