घोराही । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल बिरामीहरुका लागि आज घोराहीमा दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका सल्लाहाकार सौगतवीर चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने भुमिकाहरुको बारेमा अभिमुखीकरण गराइएको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एमडिजिपि डाक्टर उमाकान्त तिवारीले कार्यक्रमकोनसहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई कम गर्नका लागि सामान्य मान्छेले पिउने पानी भन्दा बढी मात्रामा पानी पिउनुपर्ने, सिटामोल वा डाक्टर दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने, स्वाश फेर्न गाह्रो र दुखाई बढी भएको खण्डमा तुरुन्तै अस्पताल पुर्याउनुपर्ने लगायतका बिषयमा डाक्टर उमाकान्त तिवारीले जानकारी गराउनुभएको थियो ।
संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै सभाअध्यक्ष सोगत चौधरीले संस्थाले २०५१ सालदेखी महिला, बालबालिकाहरुको शसक्तीकरण, बिपत ब्यवस्थापन, शिक्षा, कृषि, पशुपालन, स्वास्थ्य लगायतको क्षेत्रमा बिबिध क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । साथै केहि समय अघि संस्थाले सिकलसेल बिरामीहरु पहिचान गर्न भनि घोराही १० नारायपुरमा सिकलसेल स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । उक्त क्याम्पबाट ४१ जना सिकलसेलका बिरामीहरु पहिचान भएका थिए । अहिले तिनै बिरामीहरुका लागि दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको थियो । यत्तिमात्रै नभएर ति ४१ जनाहरुका लागि शिक्षा तथा आयआर्जनका क्षेत्रमा पनि संस्थाले सहयोग गर्ने संस्थाका सल्लाहाकार तथा सभाअध्यक्ष सौगतबिर चौधरीले बताउनुभएको छ । मेट लाईफ ईन्सोरेन्सको सहयोगमा संञ्चालीत कार्यक्रममा नारायणपुर स्वास्थ्य चौकीका ईन्र्चाज डिल्लीराज आर्चाय लगायतले आफनो भनाई राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।