मदन भण्डारी
घोराही, माघ ९। दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ २३ गते उद्घाटन हुने भ भएपछि त्यसको तयारी गर्न सुरु गरीएको छ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले अत्याधिक चिसो र प्राविधिक कारण कारण एक्सपो माघ २३ गते हुन लागेको बताए । केही दिनअघि जिल्ला प्रशासन कार्यालय दाङमा भएको ब्यावसायिक संघ संगठन, बस्तुगत समितिसहीत सरोकारवाला पक्षविच भएको छलफलमा मेलालाई विवादरहीत बनाई सबैको सहयोग लिएर सञ्चालन गर्ने सहमति वमोजिम एक्सपोको मिति सारीएको महासचिव कृष्णा कार्किले बताइन् । एक्सपोको तयारीस्वरुप स्टल बुकिङ पनि खुला भएको अध्यक्ष अग्रवालले बताए । अग्रवालले एक्सपोलाई सफ बनाउन जिल्लाका राजनितिक दल, पत्रकार, नागरीक समाज, उद्योगि, ब्यवसायिलाई आग्रह गरेका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले चेम्बरको निर्धारित मितिमा तोकिएको एक्सपोको कार्यक्रम सरेको र आउने माघ २३ गतेदेखि गर्ने गरि समझदारी बनेको पनि बताए । जिल्लाका सरोकारवाला पक्षबिचको छलफल गर्नेक्रममा एक अर्काले लगाउने मेला, एक्सपोमा सबैले सहयोग गर्ने र सबैले स्टल राख्दिने सहमती भएको प्रजिअ सुबेदिले बताए ।
प्रजिअ सुबेदिले यो समझदारी बन्नु राम्रो पक्ष भएको बताए । चेम्वरले माघ २५ गतेदेखि लगाउने भनेको एक्सपो माघ १२ गतेदेखि गर्ने भनेर मिति सार्बजनिक गरेको थियो ।