व्यवसाय चलायमान बनाउन टोल विकास संस्था द्धारा कार्यक्रम

अर्थ/वाणिज्य खेलकुद/मनोरन्जन राजनीति समाचार
Spread the love

सिद्धार्थ गौतम नगर टोल विकास संस्था हस्पिटल रोड घोराहीले आफ्नो २६ औँ स्थापना दिवसका अबसरमा व्यापार व्यवसाय प्रबद्र्धनका लागि तीन दिने साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ट्राफिक चोकबाट मुख्य बजार प्रबेश गर्ने द्धारमा रहेको उक्त टोलले स्थापना दिवसका अबसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता एंव घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख हुमाकुमारी डिसी र वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढाको विशिष्ठ आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा जेष्ठ नागरिक र टोल सरसफाईमा उत्कृष्ठ काम गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले सिद्धार्थ गौतम नगर टोलले विभिन्न सृजनशिल कामहरु गर्दै आएको भन्दै सरकारलाई सहयोग पुग्ने काममा हातेमालो गर्नु र सघाउनु टोल विकास संस्थाहरुको काम भएको बताउनुभयो । नगरले बालमैत्री नगर घोषणा, छाडा पशुचौपाया मुक्त नगर घोषणा, अनाथ बालबालिकाको आबास र पढाईमा सुनिश्चितता, मानसिक सन्तुलन गुमाएका र बेसहारा भएर सडकमा आएकाको उद्धार, उपचार र पुनस्र्थापना गर्न सफल भएको बताउनुभयो । बजार क्षेत्रको सडकलाई बलियो पिच, सुन्दर सडक र फोहोरलाई गल्ने र नगल्ने छुट्टयाउने काममा नगरले योजनाहरु ल्याएको र त्यसमा टोल विकास संस्थाहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले व्यवसायलाई चलायमान बनाउन रात्रीकालिन व्यवसाय सञ्चालनको अबधारण आबस्यक भएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले व्यवसाय प्रबद्र्धन र व्यवसायी सुरक्षाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले बजार क्षेत्रमा पनि आम नागरिकहरु अझै आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बन्न नसकेको भन्दै बिषेश गरी पाठेघरको मुखको क्यान्सर जाँचमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा कलाकारहरु भूमिका गिरी, प्रेम शर्मा लगाएतका कलाकारहरुले आ आफ्नो प्रस्तुती राख्नुभएको थियो । उक्त टोल विकास संस्था बजार क्षेत्रमा पर्ने भएकाले यहाँको व्यवसाय प्रबद्र्धन र चलायमान बनाउन विभिन्न अबसरमा विभिन्न गतिबिधीहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *