घोराही माघ २ । दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा माघ १२ गतेदखी २६ गतेसम्म आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० को तयारी तिव्र पारीएको छ । चेम्वरका जिल्ला अध्यक्ष विकास अग्रवालले अहिले स्टल वुकिङ भइसकेको र महोत्सवको मञ्च ब्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । उनले महोत्सवको प्रमुख अतिथिको पनि केही दिनमा टुङ्गो लाग्ने बताए । महोत्सव सफल बनाउन सबैले सहयोग गर्दै आइरहेको बताउदै उनले स्टल सबै वनिसकेको र महोत्सवका अन्य प्राविधिक कामहरु अहिले जारी रहेको सुनाए । घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङवाट अनुमति लिई महोत्सवको तयारी ब्यापक बनाईएको हो । महोत्सवमा उठेको रकममध्ये सामाजिक काममा केही पैसा खर्चिने अध्यक्ष अग्रवालको भनाई छ । उनले संकलित हुने रकम मध्ये खेल अभियानलाइ अघि बढाउन घोराहीको खेलकुद समितिलाई र असहाय, अशक्तको सहाराको केन्द्र बनेको मानव सेवा आश्रमलाई पनि केही रकम सहयोग हुने जानकारी दिए ।
महोत्सवमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि रहने छ । सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको छ ।