तुलसीपुरमा जेसीजले बनायो यात्रु प्रतिक्षालय

अन्य अर्थ/वाणिज्य समाचार
Spread the love

दाङ,२८ पुस ।

तुलसीपुरनगर जेसीज बर्ष -२०२३ को नेतृत्वले तुलसीपुरको नयाँ बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। २०२३-का अध्यक्ष जेसी सालिकराम वलीले पदभार ग्रहण गर्दा एक वर्षे कार्यकालमा यात्रु प्रतिक्षालय निमार्ण गर्ने घोषणा गर्नुभएको थियो ।

वलीले तुलसीपुर नगर जेसीजको अध्यक्ष पदको एक वर्षे कार्यकाल सकेर आज (शनिवार)देखी पद हस्तान्तरण गर्दे हुनुहुन्छ । नयाँ बसपार्कमा यात्रुको सहजताका लागी प्रतिक्षालय निर्माण गर्ने उद्देश्य अनुसार काम गरीएको उहाँले बताउनुभयो।तुलसीपुर उपमहानगर पालिका वडा नं ५ को अनुमति एबम् तुलसीपुर–८ दुधेना निवासी समाजसेवी खुटी सापकोटा परिवारको आर्थिक सहयोगमा यात्रु प्रतिक्षालय निर्माण गरीएको हो।

प्रतिक्षालयमा दैनिक सयौं यात्रुहरुले गर्मी तथा वर्षायाममा सहजरुपमा आश्रय लिने अपेक्षा गरिएको छ।जेसीज यात्राको आफ्नो एकबर्षे अध्यक्ष पदको कार्यकाललाई पूर्णतः मानविय सेवामा समर्पित गर्ने उद्देश्यल तल्ल्लिन रहेका वलीले कार्तिक १७ गते पश्चिम नेपालको रुकुम र जाजरकोट जिल्लामा गएको महाविनाशकारी भुकम्पबाट पिडित परिवारहरुलाई प्रभावित क्षेत्रमै गएर राहत सामाग्री बितरण समेतगुर्नभएको थियो।

विपदका समयमा गरेको मानवीय सहयोगको कदर गर्दे तुलसीपुरनगर जेसीजलाई सम्मान समेत गरिएको थियो । वर्ष २०२३ का अध्यक्ष वलीकै कार्यकालमा इलाका प्रहरी कार्यालय तुललीपुरमा रहेका थुनुवाहरुलाई लक्षित गरी पुस्तकालय समेत स्थापना,ट्राफिक कार्यालय तुलसीपुरसंग सहकार्य गरि बिभिन्न स्थानहरुमा ट्राफिक बोर्ड स्थापना,जेब्रा क्रसिङ मर्मत, रक्तदान एबम् स्वास्थ्य सहायता कक्ष स्थापना लगाएत महत्वपूर्ण कार्यहरु गरी आफ्नो एकबर्षे कार्यकाल सम्पन्न गर्नुभएको छ।

तुलसीपुरनगर जेसीज बर्ष २०२३ लाई सफल बनाउनमा सहयोग गर्ने सम्पूर्ण २०२३ का बोर्ड पदाधिकारीहरु, सल्लाकारहरु, पूर्व अध्यक्षहरु तथा निवर्तमान अध्यक्ष लगाएत सम्पूर्ण जेसीजलाई माया गर्ने महानुभावहरुप्रति अध्यक्ष वलीले धन्यवाद ज्ञापन गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *